2000-12-09 - incident - Chitwan district २०५७-०८-२४ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-01891 अभिलेखालय सि. नं.: NCA-01891

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:
  • पीडितको नाम र थर:मृतक गौरी सापकोटा, घाइते सरस्वती प्याकुरेल, घाइते रमा घिमिरे, घाइते ज्ञानेन्द्र खरले र घाइते सङ्गीता खनाल
  • ठेगाना:चितवनको हरिकीतर्न चोक
  • उजुरीको संक्षिप्त व्यहोरा:मिति २०५७/८/२४ गते चितवन जिल्लाको भरतपुर नपास्थित वडा नं. - ६ मा पर्ने हरिकीर्तन चोकमा प्रहरी र अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) का विद्यार्थीबीचमा झडप भई प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु र अन्य ४ जना घाइतेभएको भन्ने घटनाको सम्बन्धमा आयोगले आफ्नै प्रयासमा छानबिन र अनुसन्धान गरेको
  • उल्लङ्घनकर्ता:प्रहरी
  • आयोगको निर्णय:मृतक गौरी सापकोटाको हकमा रु. १,००,०००/- र घाइते सरस्वती प्याकुरेलको हकमा रु. १०,०००/-, घाइते रमा घिमिरेको हकमा रु. २५,०००/-, घाइते ज्ञानेन्द्र खरेलको हकमा रु. २५,०००/-, घाइते सङ्गीता खनालको हकमा रु. ४०,०००/- क्षतिपूर्ति उपलव्ध गराउन र श्री ५ को सरकार गृह मन्त्रालय तथा प्रहरी प्रधानकार्यालयलाई सचेत गराई आइन्दा राज्य संयन्त्रबाट संविधान र काननुले नेपाली नागरिकलाई प्रदान गरेका अधिकारहरू उपभोग गर्ने यथोचित वातावरण मिलाउन निर्देशात्मक आदेश जारी हुने ठहर्छ भन्ने मिति २०५८/४/२३ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. १४०-१४१-१४२ मिति २०५८/५/११ मा र पुन: च.नं. १४६९ मिति २०६०/२/७ मा गृह मन्त्रालय तथा प्रहरी प्रधानकार्यालय नक्सालमा पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको च. नं. ४६५३ मिति २०६०/२/१२ मा चितवनको हरिकीर्तन चोकको घटनामा घाइते भएका व्यक्तिहरूलाई र मृतकका हकवालालाई रकम उपलब्ध गराईसकिएको तथा प्र.ना.उ. जसध्वज गुरुङलाई कारबाही गरेको जानकारी प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहारेा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री