1996-03-23 - document - CPN-M२०५२-१२-१० - दस्तवेज - नेकपा-मा

Archive ref no: NCA-18626 अभिलेखालय सि. नं.: NCA-18626

जनयुद्धको ऐतिहासिक पहलसम्बन्धी सिंहावलोकन तथा पार्टीको आगामी रणनीति

(ने.क.पा.(माओवादी)को २०५२ चैत्र, १० मा बसेको पोलिटब्यूरो वैठकमा पारित।)

"युद्धको विशिष्ट चरित्रका कारण, त्यसले एउटा विशिष्ट सङ्गठनात्मक ढाँचा, एउटा विशिष्ट विधिको श्रृङ्खला तथा एउटा विशिष्ट प्रक्रियाको विकास गराउँछ। ... ... त्यसैले युद्धको अनुभव एउटा विशिष्ट प्रकारको अनुभव हो। युद्धमा भाग लिने सबैले विजय नहुँदासम्म आफ्ना परम्परागत विधि र चालचलन फेरेर युद्धअनुकूल बनाउनै पर्दछ।" - क. माओ (दीर्घकालीन युद्धबारे)

१. जनयुद्धको पहलसम्बन्धी पार्टीको योजना कार्यान्वयन भएको छ। नेपाली समाजको वर्गसंघर्षको विकास एवम् पार्टी जिवनमा गुणात्मक युद्धको प्रतिनिधित्व गर्ने महान् प्रक्रियाको थालनी भएको छ। समाजका सबै तह र तप्कालाई विद्युतको गतिमा प्रभाव पार्दै नेपाली जनयुद्धको थालनीले प्रतिक्रियावादी राज्यसत्ता र त्यसका पृष्ठपोषकहरूको 'स्वर्ग'मा खैलाबैला मच्चिएको छ भने आज जनसमुदायमा नयाँ जिज्ञासा र उत्साहको स्थिति पैदा भएको छ। जनयुद्धको थालनीको पहिलो चरणमा नै पार्टी, मोर्चाका कार्यकर्ता एवम् समर्थक जनसमुदायले झन् उच्च मनोबल, अदम्य साहस र आत्मबलिदानीको परिचय दिए। त्यसले प्रतिक्रियावादी वर्गको क्रूर, फासिष्ट एवम् कायर चरित्रको पर्दाफास गर्नुका साथै नेपाली जनताको संघर्षको गौरवशाली परम्परामा नयाँ आयाम थपेको छ। नेपाली जनयुद्धको विशिष्टताका रूपमा यी सबै क्रान्तिको इतिहासमा स्वर्णिम अक्षरमा कहिल्यै नमेटिने गरी लेखिसकिएका छन्। यो महान् थालनी, यसको प्रभाव र सफलता सामान्यतः अन्तराष्ट्रिय सर्वहारावर्गको सर्वशक्तिमान विचारधारा मालेमा तथा विशेष रूपले नेपाली सर्वहारावर्गको एवम् शोषित-पीडित जनसमुदायको विजय र गौरवको द्योतक हो। यस अवसरमा जनयुद्धको ऐतिहासिक पहलको योजनालाई सफल पार्न आत्मबलिदान गर्ने अमर शहीदहरूप्रति पार्टी गर्व गर्दछ, वहाँहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछ र वहाँहरूका सपना साकार पार्न अन्तसम्म लड्ने प्रतिज्ञा गर्दछ।

२. जनयुद्ध थालनीको यो महान् प्रक्रियामा पार्टीका क्रान्तिकारी विचारहरू, नीतिहरू र योजनाहरू भौतिक शक्तिका रूपमा व्यवहारमा रूपान्तरित भए तथा सजीव व्यवहारिक अनुभवका आधारमा ती विचार, नीति र योजनाहरूको विकास र परिमार्जनको ढोका खुलेको छ। अधिभूतवाद र आदर्शवादबाट ग्रस्त नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा यो प्रक्रियाले द्वन्द्वात्मक भौतिकवादी ज्ञानसिद्धान्तको सही प्रयोगको प्रतिनिधित्व गरेको छ। विचारदेखि विचार, सुधारदेखि सुधारको संसोधनवादी रवैयाका विरुद्ध यो एक वैज्ञानिक एवम् शक्तिशाली झापड भएको छ। यसका साथै शान्तिपूर्ण एवम् वैधानिक संघर्षको प्रक्रियाबाट सशस्त्र संघर्षमा फड्को मार्दा स्वभाविक रूपले सङ्गठन, संघर्ष र प्राविधिक पक्षमा रहेका सबल पक्षमात्र होइन, त्यसका सीमा र कमी पनि सतहमा आएका छन्। शिक्षा लिनका लागि यो महान् प्रक्रियाले ज्ञानको नयाँ भण्डार खोलिदिएको छ। "युद्धबाट युद्ध सिक्ने" क्रम व्यवहारिक रूपले सुरु भएको छ। लामो वैचारिक, राजनैतिक एवम् सङ्गठनात्मक तयारीका कारण यसक्रममा १७ जनाको हत्या (चैत्र ०५९ देखि ०५२ सम्म), एकसाथ हजारभन्दा बढी नेता एवम् कार्यकर्ताहरू भूमिगत र सयौंको संख्यामा पार्टी सदस्य, विविध मोर्चाका सदस्यहरू एवम् समर्थक जनताहरू दुस्मनको गिरफ्तारी र अमानवीय यातनाको शिकार हुँदा समेत सिङ्गो पार्टी पङ्क्तिले यसलाई सहजरूपमा सामना गरिरहेको छ। यो पार्टीको लागि कम गौरवको विषय होइन।

३. जनयुद्धको यो ऐतिहासिक पहलले सङ्गठनको प्रधान रूप फौज र संघर्षको प्रधान रूप युद्ध भन्ने मान्यतालाई विभिन्न प्रकारका सशस्त्र दल एवम् छापामार कारबाहीका रूपमा अभिव्यक्त गरेको छ। थालनी र त्यसका निरन्तरताका कारबाहीहरूले माओवादी जनयुद्धलाई देशको सिङ्गो राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा राख्न सफल भयो। एक महिनाको छोटो अवधिमा जुन स्तर, प्रकृति र संख्यामा सशस्त्र गतिविधिहरू भए, जुन स्तरमा यसको प्रचार भयो, त्यो आफैंमा संसारमा कुनै पनि देशका माओवादी पार्टीका लागि एउटा विशिष्ट अनुभव बन्न पुगेको छ। यो प्रक्रियामा नेपाली क्रान्तिको विशिष्टता, प्रतिक्रियावादी राज्यसत्ताको सङ्कट र वर्गसंघर्ष एवम् पार्टी विकासको स्तर सबै एकैसाथ अभिव्यक्त भएका छन्।

४. ऐतिहासिक पहलको योजनामा पार्टीले निर्धारित गरेको एउटा प्रमुख लक्ष्य देशमा सशस्त्र संघर्षको राजनीतिलाई स्थापित गर्नु थियो। त्यो लक्ष्य सामान्य रूपमा अपेक्षा गरिएको भन्दा बढी नै हासिल भएको छ। नेपालमा सशस्त्र संघर्षको राजनीति अहिले आम नेपाली जनतामा मात्र होइन एक हदसम्म सबै चरणमा अन्तर्राष्ट्रिय स्तरमा समेत स्थापित हुन पुगेको छ। साथै निश्चित रणनैतिक इलाकाहरूलाई छापामार इलाकामा विकासका लागि आधार तयार पार्न तथा सङ्गठन र संघर्षका रूपहरूलाई रूपान्तरण गर्ने कामसम्बन्धी लक्ष्य पनि सन्तोषजनक ढङ्गले पूरा भएको छ।

५. जनयुद्धको ऐतिहासिक पहलले प्रतिक्रियावादी सरकारमा रहेका र नरहेका देशका सबै राजनीतिक गुट-उपगुटहरूको अगाडि नयाँ समस्या, अन्तरविरोध र संकटलाई जन्म दिएको छ। यसले सिङ्गो प्रतिक्रियावादी सत्तामा आइरहेको संकटलाई तीव्र पार्दछ। देशको आजको भयावह स्थितिको विश्लेषणसहित पार्टीले आम जनतामा गरेको अपिल एवम् सशस्त्र कारबाही र प्रचारको स्तर, गुण र व्यापकताका कारण जनतामा नाङ्गिने डरले घोर प्रतिक्रियावादी तत्त्वहरूले समेत यसलाई राजनीतिक युद्ध होइन भन्नसक्ने स्थिति रहेन। यो प्रक्रियाले सरकारमा भएका प्रतिक्रियावादी गुटहरूबीचको अन्तरविरोधलाई चर्काएको छ। विभिन्न गुटहरूभित्रको खिचातानीलाई चर्काएको छ।

जनयुद्धबारे व्यक्त गरिएका प्रतिक्रियाका आधारमा ती सबै प्रवृत्तिहरू तीन प्रमुख राजनीतिक प्रवृत्तिमा विभाजित रहेको प्रष्ट देख्न सकिन्छ। ती प्रतिक्रियावादी, मध्यमार्गी र क्रान्तिकारी प्रवृत्ति हुन्। विभिन्न गुटभित्र विषयलाई राजनैतिक रूपमा हेर्ने र विशुद्ध आतङ्कवादी रूपमा हेर्ने कुरामा मतमतान्तर हुँदाहुँदै पनि यसलाई "संविधान" र "प्रजातन्त्र" विरोधी भनी दमनका लागि सहमत हुने प्रतिक्रियावादी कित्तामा मुख्यतः ने.का., रा.प्र.पा. र एमाले नै रहेका छन्। यस सन्दर्भमा एमाले गुटलाई जनयुद्धको प्रक्रियाले सबैभन्दा बढी छट्पटी ल्याएको देखियो। यस गुटको "बहुदलीय जनवादी" पक्ष विशेष आक्रामक भएर दमनका निम्ति सरकारलाई उक्साउने र आफैं सरकारमा गएर दमन गर्ने षडयन्त्रमा लागिरहेको छ।

मध्यमार्गीका रूपमा यति बेला मुख्यतः माओविचार र नयाँ जनवादी क्रान्तिको कुरा गर्ने सानातिना निम्नपुँजीवादी सुधारवादी गुटहरू रहेका छन्। जनयुद्धको विरोध गरेर र सरकारी दमनको विरोध देखाएर सर्वसाधारण जनता र सैद्धान्तिक स्तर कमजोर भएका कार्यकर्ताहरूलाई भ्रम दिई आफ्नो अस्तित्व रक्षाको प्रक्रियामा यी गुटहरू लागिरहेका छन्। यसप्रकारका गुटहरूमा मात्रात्मक अन्तर देखिए पनि उनीहरूको मूल चरित्र सुधारवादी र संसदवादी नै रहेकोले जनयुद्धलाई उग्रवामपन्थीको एउटै आरोप लगाइरहेका छन्। उनीहरूको यो आरोप वस्तुतः प्रतिक्रियावादी एमाले गुटकै स्वरमा स्वर मिल्न पुगेको छ। प्रतिक्रियावादी प्रचारबाट प्रभावित हुनु, पुँजीवादी तत्वमा विश्वास गर्नु र सर्वहारा वर्गमा अविश्वास गर्नु जस्ता उनीहरूका चारित्रिक बिशेषता र्छलङ्ग भएका छन्। क्रान्ति र प्रतिक्रान्तिको लडाइ"को बीचको बाटो अपनाउन खोज्नु भनेको प्रतिक्रान्तिलाई नै सहयोग पुर्याउनु हो भन्ने सत्य यी गुटहरूको सन्दर्भमा लागु भइरहेको छ। उनीहरूको यस प्रकारको अवसरवादी चरित्रको व्यापक भण्डाफोर गर्दै तीभित्र रहेका इमान्दार क्रान्तिकारीहरूलाई भ्रममुक्त पार्ने नयाँ अवसर अहिले पैदा भएको छ। वास्तविक जीवनले के देखाएको छ भने यसप्रकारका गुटहरू (जसमा मुख्यतः विर्सजनवादी ए. के. र नवसंशोधनवादी मसाल रहेका छन्) का इमान्दार र क्रान्तिकारी कार्यकर्ताहरूले जनयुद्धको प्रक्रियालाई कुनै न कुनै रूपमा मद्दत गरिरहेका छन्। यसका साथै जहाँ र जुन हदसम्म यी गुटहरू प्रतिक्रियावादका विरुद्ध खडा हुुन्छन्, त्यहाँ र त्यो हदसम्म सामञ्जस्य कायम गरेर जान पनि त्यतिकै ध्यान दिनु पर्दछ।

पार्टीको नेतृत्वमा सञ्चालित जनयुद्धको प्रक्रियालाई विविधरूपमा सहयोग र र्समर्थन गर्ने राजनीतिक दल, संघसंस्था, स्वतन्त्र बुद्धिजीवी एवम् आम जनसमुदाय सबै क्रान्तिकारी कित्तामा रहेको तथ्य स्पष्ट भएको छ।

सारमा जनयुद्ध थालनीको यो महान् प्रक्रियाले देशको राजनीतिमा प्रत्यक्ष र व्यापक प्रभाव पारेको तथा नयाँ रूपले विकास भइरहेका अन्तरविरोधहरूलाई नयाँ स्तरबाट उपयोगको सम्भावना बढाएको छ। यो प्रश्नमा मालेमा लागु गर्न पार्टी हरदम चनाखो रहननु पर्दछ।

सीमा र कमजोरीहरू

१. यसबीचमा पार्टीको सूचना आदान-प्रदान गर्ने व्यवस्था निकै खट्किएको विषयको रूपमा रह्यो। सरकारको नियोजित र भ्रामक प्रचारलाई समयमै चिर्न आफ्नो स्रोतबाट घटनाहरूको यथार्थ विवरण प्राप्त नहुँदा निकै कठिनाइ पर्यो। यसका सीमाहरू अवश्य छन् तर पनि जिल्ला नेतृत्वले क्षेत्रमा र क्षेत्रीय नेतृत्वले के. का. मा समयमा रिपोर्टहरू पठाउन आवश्यक गम्भीरताका साथ लिन नसकेको स्थिति पनि देखियो। आगामी दिनमा सञ्चारव्यवस्थालाई व्यवस्थित पार्न ध्यान दिन जरुरी छ।

२. कारबाहीको रूपहरूको प्रयोगको मूल पक्ष सही हुँदाहुँदै पनि खास गरी सेबोटेज र कुटपिटका घटनाहरू जुन थालनी र निरन्तरताको क्रममा जारी गरियो, तिनलाई दुस्मनले जनतालाई भ्रम दिन सबैभन्दा बढी प्रयोग गर्यो। गौणलाई प्रधान र प्रधानलाई गौण गराई सत्यको तोडमरोड गर्नु दुस्मनको चरित्र नै हो। फेरि पनि हामीले यस्ता कुरामा सकेसम्म दुस्मनलाई अप्ठयारोमा पार्ने कोसिस भने गर्नैपर्दछ। सेबोटेजमा देशैभरि करीब एकैप्रकारका रूपहरूको प्रयोग तथा कुटपिटमा एकैसाथ धेरै विरोधी मानिसहरूमाथि आक्रमण गर्दा त्यसलाई दुस्मनले राम्रो मसलाको रूपमा प्रयोग गर्यो। आगामी दिनमा एकातिर सेबोटेजका रूपहरूलाई ठोस परिभाषा गर्नुपर्ने तथा सेबोटेजका घटनाक्रम दुवैको प्रयोग गर्दा विविधता अपनाउनु पर्ने, मुख्य दुस्मनका विरुद्ध कारबाही केन्द्रित गर्नुपर्ने देखिएका छन्। दुस्मन वर्गमाथि आक्रमण गर्ने र मित्र वर्गलाई समेट्ने, सीआईडी र दलालमध्ये सबैभन्दा कुख्यातलाई बरु भौतिकरूपले खत्तम गर्ने, अन्य सामान्य दलालहरूलाई उपयोग गर्ने, प्रशिक्षित गर्ने तथा दुस्मनले भ्रम दिन नसक्ने प्रकारले नियन्त्रित गर्ने कुरामा ध्यान दिनु पर्दछ। यहाँ मुख्य कुरा मित्र वर्गहरू नभडकिउन् भन्ने कुरामा र्सतर्क रहनु पर्दछ।
माथि

३. केन्द्रदेखि जिल्लासम्म नेतृत्वको सुरक्षा र कार्यालयसञ्चालनको काम धेरै अव्यवस्थित देखियो। पुरानो पद्धति एक धक्कामा भत्किएको र अर्को भूमिगत पद्धति नभइसकेको यो अवस्थालाई गम्भीरतापूर्वक विचार गरी विभिन्न स्तरको नेतृत्वको सुरक्षा, कार्यालय सञ्चालन व्यवस्थालाई युद्धअनुकूल बनाउने विधिको खोजी गर्नुपर्दछ। अहिलेकै स्थिति कायम रहेमा त्यो पार्टीका लागि ठूलो क्षतिको कारण बन्ने छ।

४. वैधानिक संघर्ष सञ्चालनको प्रश्नमा पनि यस बीचमा निकै समस्या देखापर्यो। यसमा मुख्यतः जनयुद्धको ऐतिहासिक पहल एकप्रकारको विद्रोह (Rebel) भएकोले तत्काल दुस्मनले पार्टीको थोरै पनि रङ्ग लगाएका व्यक्तिलाई अन्धधुन्ध गिरफ्तार गर्ने, आफ्नो संविधान, कानुन मिचेर दमनचक्र चलाउने गरेकोले त्यतिबेला वैधानिक संघर्षलाई एकैसाथ लान त सम्भव भएन तर समयमा नै वैधानिक मञ्च बनाएर सामान्यप्रकारको कार्यक्रम घोषणा गर्न सकेको भए दुस्मनलाई केही अप्ठ्यारो पार्न सकिन्थ्यो। अहिले दुस्मन र अवसरवादी सबैले हामीलाई वैधानिक आन्दोलन चलाउनबाट रोक्ने र जनताबाट अलग्याउने षडयन्त्र गरिरहेका छन्। यो समस्याको हल गर्ने विधि खोज्न पनि नितान्त जरुरी छ।

५. यसबीचमा कतिपय जिल्लाहरूमा भूमिगत जानै नपर्ने साथीहरू भूमिगत जाने तथा कतिपय ठाउँमा भूमिगत जाने नाममा आफ्नो जिम्मेवारी र पार्टी सम्पर्क छोडेर लुक्ने जस्ता कमजोरीहरू देखिए। वैधानिकरूपले बस्ने भनिएका साथीहरूलाई गिरफ्तारीबाट नडराउन वैधानिक बयान दिन र मुद्दा लड्न प्रेरित गर्नुपर्दछ। साथै भूमिगत जाने साथीहरूलाई पार्टी सम्पर्क नछोड्न र अनावश्यकरूपले आतङ्कित नहुन प्रेरित गर्नुपर्दछ। यस प्रकारका प्रवृत्ति यद्यपि अहिले नगन्य रूपमा छन् तर यो भोलि गम्भीर आत्मसुरक्षावाद र पलायनवादको रूपमा विकास हुनसक्ने प्रवृत्ति हो। त्यसकारण यस प्रकारका प्रवृत्ति विरुद्ध सिंगो पार्टीलाई सैद्धान्तिक राजनैतिक रूपले प्रशिक्षित गर्न जरुरी छ।

६. नयाँ प्रकारको थालनीस"गै पार्टीमा प्राविधिक पक्षको तयारी अपर्याप्त देखापर्यो, विरामी र घाइते साथीहरूको उपचारको समस्या र अन्य लजिष्टिकको समस्या, नेतृत्वदेखि तलसम्मका हजारौं साथीहरूको पारिवारिक समस्या नयाँ रूपमा खडा भएका छन्। यी सबै प्राविधिक र व्यवहारिक समस्याको हल अविलम्ब गर्नुपर्ने देखिएको छ।

७. पार्टी नेतृत्वका जिम्मेवार सदस्य एवम् विभिन्न जिल्लाका कमिटीहरूको हिँडडुल, बसाइ र खानपिनमा अपनाउनुपर्ने शतर्कताका उपायहरूमा आफै पर्याप्त वैज्ञानिक विधिको विकास हुन सकेको छैन। उदाहरणका लागि, नेतृत्वका सदस्यहरूले एक्लै हि"ड्ने, रातमा ओ.पी. बस्ने, टिमहरू स्थानान्तरण हुँदा, खानपिन गर्दा, रातमा सुत्दा, पेट्रोलिङ्ग, गस्ती, ओ. पी. र सेन्ट्रीको उचित व्यवस्थामा ध्यान नदिने जस्ता कमजोरीहरू देखापरेका छन्।

समग्रमा जनयुद्धको ऐतिहासिक पहलसम्बन्धी पार्टीको योजना ऐतिहासिकरूपले सफल भएको छ। यस सन्दर्भमा देखिएका कमीकमजोरीको पक्ष निकै गौण रहेको छ। ती कमीकमजोरीहरू पनि धेरैजसो वर्गसंघर्ष र पार्टी विकासको सापेक्षतामा स्वभाविक रहेका छन् तर अबको स्थितिमा ती सीमा र कमजोरीहरूलाई सच्याएर जाने महत्त्वको भने अलिकति पनि अवमूल्यन गर्नु गम्भीर भूल हुनेछ।

आगामी रणनीति

उपरोक्त सिंहावलोकनमाथि विचार गर्दै अब पार्टीको आगामी रणनीति निर्धारण गर्नुपर्दछ। जनयुद्धको थालनी ऐतिहासिक रह्यो। अब त्यसलाई निरन्तरता दिन, रक्षा गर्न र विकास गर्न सकिन्छ वा सकिन्न भन्ने गम्भीर प्रश्न पार्टीको अगाडि खडा छ। आज देशको राजनीतिकरूपले सचेत जनसमुदाय, बौद्धिक समुदाय सबैको ध्यान पार्टीको अर्को योजना कस्तो हुने र नयाँ चीज जो जन्माइएको छ, त्यसलाई बचाउन र हुर्काउन सक्छ वा सक्दैन भन्ने कुरामा नै केन्द्रित रहेको छ। मालेमाका सार्वभौम सिद्धान्त र जनयुद्धको ऐतिहासिक पहलका अनुभवहरूलाई गम्भीरतापूर्वक संयोजन गरेर नै हामीले पार्टीको आगामी योजना बनाउन सक्नेछौं। यस सन्दर्भमा निम्न कुराहरूलाई सर्वप्रथम गहिराइपूर्वक विचार गर्नुपर्दछ :

१. तमाम विशिष्टताका बावजुद नेपाली जनयुद्धको चरित्र दीर्घकालीन रहेको छ भन्ने कुरामा बारम्बार ध्यान दिनु पर्दछ। शक्ति सन्तुलनको अहिलेको स्थितिमा दुस्मनले हामीलाई तुरुन्त निर्णायक लडाइँमा तान्न चाहन्छ। हामी भने त्यहाँबाट बचेर लडाइँलाई लामो बनाउन चाहन्छौं। दुस्मनले आक्रमणको रणनीति अपनाउँछ। हामी भने रक्षाको रणनीति अपनाउँछौं। दुस्मनले उत्तेजित पारेर हामीलाई उसको अनुकूल मुठभेडमा ल्याउन चाहन्छ। हामी भने आफ्नै योजनामुताबिक दुस्मनलाई हैरान-परेसान पार्ने, थकाउने र हाम्रो अनुकूलको स्थान र समयमा उसको कमजोर हिस्सामा प्रहार गर्न चाहन्छौं।

२. दुस्मनले हामीलाई जनताका दैनिक समस्याहरूलाई लिएर गरिने आन्दोलनबाट अलग्याउन चाहन्छ, जनतालाई हाम्रो सम्पर्कबाट कटाउन चाहन्छ तर हामी भने जुनसुकै मूल्यमा पनि जनतासँगको जीवित सम्पर्कबाट अलग हुन चाहन्नौं। हाम्रा नीति र योजनाहरूले हमेशा जनतासँग एकाकार हुने कुराको ग्यारेन्टी गर्नुपर्दछ, किनकि जनताको हितबाहेक पार्टीको कुनै हित छैन। त्यो अवस्थामा पार्टी रहनुको औचित्य नै रहने छैन।

३. पार्टीमा गलत नीति र योजना बन्ने खतरा नेपालमा निम्नपुँजीपति वर्गको ढुलमुल चरित्रमा पनि अन्तरनिहित छ भन्ने कुरा गहिरो गरी बुझनु पर्दछ। थोरै जीतमा अति उत्साहित भएर दुस्साहसवादतिर जाने र थोरै हारमा निराश भएर आत्मर्समर्पणवादको बाटो पकडिहाल्ने चरित्र यो वर्गमा रहेको हुन्छ। पार्टीलाई या त दुस्साहसवादी या आत्मसमर्पणवादी दिशातर्फडोर्याउन मद्दत गर्ने यो प्रक्रियाविरुद्ध हामीले अथक सैद्धान्तिक, राजनैतिक संघर्ष चलाइरहनु पर्दछ। दुस्मनको आक्रमण तीव्र भैरहेको अहिलेको स्थितिमा आत्मसमर्पणवादी प्रवृत्ति नै मुख्य खतराको रूपमा आउन सक्दछ।

४. जनयुद्धको ऐतिहासिक पहल, विद्यमान राज्यसत्ता र हजारौं वर्षेखिको शोषण-उत्पीडनका विरुद्ध दूरगामी महत्त्वको विद्रोह अवश्य हो तर नेपालको आजको आर्थिक, सामाजिक संरचना र वर्गसंघर्षको विकासको स्थितिमा त्यो झट्टपट्ट केन्द्रीय सत्ता कब्जा गर्ने सशस्त्र विद्रोह (Insurrection) होइन। दीर्घकालीन जनयुद्धको प्रक्रिया भनेको क्रान्तिकारी पार्टी, क्रान्तिकारी संघर्ष, क्रान्तिकारी सत्ता, क्रान्तिकारी सेना निर्माणको सरलबाट जटिलतर्फजाने प्रक्रिया हो। पार्टीले जनयुद्धको ऐतिहासिक पहलद्वारा त्यसप्रकारको नयाँ र गुणात्मक प्रक्रिया सुरु गरिसकेको तथा सशस्त्र संघर्षको राजनीति व्यापक रूपले स्थापित भैसकेको स्थितिमा योजनाबद्ध ढङ्गले दीर्घकालीन जनयुद्धको सिद्धान्त र हाम्रो विशिष्टताका आधारमा छापामार युद्धको विकासमा केन्द्रित हुन जरुरी छ।

जनयुद्धको विकासको दोस्रो योजना

योजनाको मूल नारा : योजनाबद्ध ढङ्गले छापामार युद्धको विकास गरौं !

योजनाका मुख्य लक्ष्यहरू :

उपरोक्त मूल नाराअन्तर्गतका मूल लक्ष्यहरू प्राप्त गर्ने योजनाअवधिले स्वभाविक रूपमा जनयुद्धको ऐतिहासिक कालका निम्ति तयार गरिएको पार्टीको पहिलो योजनाका अवधिको तुलनामा लामो समय लाग्ने छ। यो योजनालाई निर्धारित समयमा पूरा गर्ने पार्टीको लक्ष्य रहेको छ। यहाँ कुन कुरामा स्पष्ट रहनु पर्दछ भने यो योजना पार्टीको तेस्रो विस्तारिक बैठकको दस्तावेजमा उल्लेख गरिएको जनयुद्ध सुरुवातको चरणकै दोस्रो योजना हो जुन छापामार इलाका कायम गर्ने चरणमा प्रवेशतिर सोझिएको छ।

तयारीका कामहरू

१. वैचारिक तयारी

(क) पिबिमा पारित दस्तावेज र अन्य निर्णयहरुको संक्षिप्त व्याख्यासहित परिपत्रद्वारा पूरा पार्टीमा जानकारी गराउने।
माथि

(ख) सबै क्षेत्रका प्रमुख कार्यकर्तालाई प्रशिक्षणको व्यवस्था मिलाउने।

(ग) पार्टीको नामबाट घटनाहरूको समाचारमूलक सामूहिक बुलेटिन प्रसारण गर्ने र त्यसको पहिलो अङ्कमा ऐतिहासिक पहलको काममा शहीद बन्न पुगेका साथीहरूको संक्षिप्त जीवनी र घटना-परिवेश दिने।

(घ) ऐतिहासिक पहल र त्यो सँग सम्बन्धित विचारधारात्मक र राजनैतिक प्रश्नलाई स्पष्ट पार्ने उद्देश्यले 'मशाल' र 'माओवादी' प्रकाशन गर्ने।

(ङ) अन्तर्राष्ट्रिय प्रचारका निम्ति The Worker प्रकाशित गर्ने।

(च) वैधानिक पत्रपत्रिकाहरूमा व्यवस्थित प्रचार गर्ने।

(छ) स्थानीय र केन्द्रीय रूपमा समेत वैधानिक एवम् अवैधानिक तरिकाबाट पार्टी लाइनको जनतामा प्रचार गर्न साना-ठूला सभा, घर-घरमा प्रचार, पर्चा, पोष्टर र वालिङ्ग आदि जस्ता कार्यक्रमहरूको सञ्चालन गर्ने।

(ज) पार्टीको पक्षमा जनमतको तयारीका लागि सम्भव भएसम्म वैधानिक संघसंस्था र स्वतन्त्र व्यक्तित्वको परिचालनमा ध्यान दिने।

२. सङ्गठनात्मक तयारी

(क) बदलिएको परिस्थितिमा केन्द्रीय एवम् विभिन्न स्तरको नेतृत्वको सुरक्षा र कार्यालय सञ्चालनको प्रक्रियालाई सर्वाधिक महत्त्वकासाथ भूमिगत रूपले व्यवस्थित पार्न जरुरी छ।

(ख) ऐतिहासिक पहलको अनुभवको आधारमा विभिन्न स्तरका पार्टी कमिटीहरूको गठन-पुनर्गठन, विभिन्न स्तरका नेता-कार्यकर्ताहरूको हेरफेर र स्थानान्तरण गर्नुपर्दछ। उपर्युक्त कामहरू केन्द्र र सबै क्षेत्रहरूले अविलम्ब आरम्भ गर्नुपर्दछ र दुई महिनाभित्रमा पूरा गरिसक्नुपर्दछ।

(ग) सबै मोर्चा कमिटीहरूलाई निश्चित रणनीतिक इलाकाहरू जसलाई छापामार इलाकामा बदल्ने लक्ष्य राखिएको छ, त्यहाँ भूमिगत रूपले जनताका दैनिक समस्या समाधान गर्ने अङ्गको रूपमा विकास गर्नुपर्दछ र अन्य इलाकामा प्रचार र संघर्षको साधनको रूपमा नै अघि बढाउनुपर्दछ।

सामान्यतः सबैतिर मुख्यतः रणनीतिक इलाकाहरूमा जनताको उत्पादन वृद्धि, विकास निर्माणका काम, शान्तिसुरक्षा, मुद्दा-मामिलालगायतका समस्याहरूको ठोस पहिचान गर्ने, जनतालाई प्रत्यक्ष राहत महशुस गर्ने ढङ्गले तिनको समाधान गर्ने प्रश्नमा जनताकै प्रतिनिधि संस्थाका रूपमा मोर्चालाई स्थापना गर्न स्थानीय पार्टीले गम्भीरतापूर्वक ध्यान दिनुपर्दछ।

(घ) पहिलो योजनामा निर्धारित नीतिअनुसार विभिन्न स्तरका दलहरूको निर्माण, विस्तार र तिनको प्राविधिक एवम् राजनीतिक स्तर उठाउन जोड लगाउनु पर्दछ। ऐतिहासिक पहलको अनुभव र वर्तमान योजनाको आवश्यकताअनुसार छापामार इलाकामा बदल्ने लक्ष्य निर्धारित गरिएका इलाकाहरूमा लडाकु दलहरूबाट योद्धा छानेर ११-१५ जनासम्मको प्लाटुन स्तरको सैन्य सङ्गठनको विकास गर्न प्रयत्न गर्नुपर्दछ। प्रशिक्षण, हातहतियार र अन्य लजिष्टिक्स सबैको उच्च व्यवस्थापनको आवश्यकता पर्ने यसप्रकारको सैन्य निर्माण हतारमा सबैतिर नगरेर क्षेत्रीय योजनामुताबिक क्रमशः एक-एक गरेर विकास गर्नुपर्दछ।

(ङ) विभिन्न जनवर्गीय सङ्गठनहरूलाई नयाँ परिस्थितिको आवश्यकताअनुसार कमिटीहरूमा हेरफेर गरी वैधानिक रूपले नै पेशागत समस्याहरूलाई लिएर कुनै न कुनै रूपमा केन्द्रीय एवम् मुख्यतः स्थानीय स्तरमा जनपरिचालन गर्ने साना-ठूला संघर्ष उठाउन प्रयत्न गरिरहनु पर्दछ।

(च) तत्काल वैधानिक आन्दोलनका निम्ति जतिसुकै खुकुलो प्रकारको मञ्च बनाएर भए पनि जनपरिचालनको व्यवस्था मिलाउनु पर्दछ। यो प्रयत्न केन्द्र, क्षेत्र, जिल्ला सबैले आ-आफ्नो स्थितिअनुसार गर्न जरुरी छ।

(छ) अन्तर्राष्ट्रिय प्रचारलाई व्यवस्थित पार्न अन्तर्राष्ट्रिय विभागलाई पुनर्गठन र सक्रिय पार्नुपर्दछ।

(ज) सबै स्तरका पार्टी कमिटीहरूले अनिवार्य रूपमा योजना बनाई नयाँ-नयाँ ठाउँ र निम्नवर्गका जनताको बीचमा सङ्गठन निर्माण र विस्तारको कामलाई गम्भीरतापूर्वक अगाडि बढाउनु पर्दछ। ऐतिहासिक पहलपछि नयाँ-नयाँ ठाउँमा जनता र विभिन्न विरोधी गुटहरूको भ्रममा रहेका इमान्दार कार्यकर्ताहरूको हाम्रो पार्टी नीतिको आकर्षा गुणात्मक रूपले बढेको छ। यसलाई सदुपयोग गर्न पार्टी कमिटी सक्रिय र सिर्जनशील हुनै पर्दछ।

३. प्राविधिक तयारी

(क) छापामार इलाकाहरूमा बदल्न प्रयत्न गर्नुपर्ने रणनीतिक इलाकाहरूको निर्धारण गर्नु। मुख्य, सहायक र प्रचार इलाका विभाजनको आधार अहिलेको स्थितिमा निम्न बमोजिम हुनेछन् :
माथि
o छापामार इलाकामा बदल्न प्रयत्न गरिने इलाकाहरू मुख्य इलाका हुनेछन्।

o मुख्य इलाकावरिपरिका सम्पूर्ण ग्रामीण जिल्ला वा इलाकाहरू सहायक इलाकामा हुनेछन्।

o राजधानीलगायतका प्रमुख ठूला शहरहरू प्रचार इलाका हुनेछन्। समग्र क्रान्तिको हिसाबले महाभारत पर्वत श्रृङ्खला मुख्य इलाका हुने, गाउँबाट शहर घर्ेर्ने रणनीतिबारे स्पष्ट व्याख्यासहित उपरोक्त इलाका विभाजनको हालको महत्त्व बुझनु पर्दछ।

(ख) केन्द्र, क्षेत्र, जिल्ला, सबैले नेतृत्वको सुरक्षा र कार्यालय सञ्चालनका निम्ति उपर्युक्त इलाकाहरूको निर्धारण गर्ने।

(ग) मुख्य इलाकाका लडाकु दलहरूलाई न्यूनतम आवश्यक हात-हतियार, तालिमलगायत अन्य लजिष्टिक्सको व्यवस्था गर्ने। यसका लागि तत्काल देशभित्र र बाहिर सम्भव स्रोतहरूको परिचालन गर्ने।

(घ) विभिन्न जिल्लामा दुस्मनसँगको मुठभेडमा घाइते भएकाहरूको उपचार तथा पुलिस-हिरासत र जेलमा भएका साथीहरूको हेरविचार एवम् सर्म्पर्क व्यवस्था मिलाउने। यो काम केन्द्रदेखि स्थानीय स्तरसम्म नै व्यवस्थित गर्ने प्रयत्न गर्नुपर्दछ।

(ङ) जिल्ला, क्षेत्र र केन्द्रका बीच नियमित सम्पर्कको उपयुक्त व्यवस्था गर्ने।

(च) ऐतिहासिक पहलको अनुभवको आधारमा पार्टी सदस्य एवम् टिमहरूले अपनाउनुपर्ने सुरक्षाका नियमहरूको निर्देशिका तयार पारी तल पठाउने।

(छ) दुस्मनको हतियार कब्जा गर्न आवश्यक तयारी गर्ने, यसमा मुख्यतः एम्बुस र माइनिङतिर ध्यान केन्द्रित गर्ने।

(ज) बदलिएको स्थितिअनुसार विभिन्न स्तरका पार्टी तथा टिमका सदस्यहरूको पारिवारिक तथा अन्य व्यवहारिक समस्याको हल सम्बन्धित पार्टी कमिटीहरूले नै गर्ने। विशिष्ट स्थितिमा सो सम्भव नभए समस्या समाधानका निम्ति माथिल्लो कमिटीमा पठाउने।

(झ) आर्थिक सङ्कलनमा निरन्तर ध्यान दिनु पर्दछ। सङ्कलित नगद एवम् जिन्सीको हिसाब र कोटा केन्द्रमा पठाइरहनु पर्दछ।

४. संघर्षसम्बन्धी तयारी

दीर्घकालीन जनयुद्धको सिद्धान्तको आधारमा वैधानिक र अवैधानिक संघर्षको उपयुक्त तालमेल एवम् अहिले दुस्मन तथा अवसरवादीहरूले हामीलाई जनआन्दोलनबाट कटाउन गरिरहेको षडयन्त्र -जुन माथि विशेष जोड दिएर उल्लेख गरिएको छ) लगायत सबै पक्षमाथि विचार गरी संघर्षको उठान निम्नानुसार गर्नुपर्दछ :

(क) सर्वप्रथम राष्ट्रघात -जसलाई विशेष रूपले उठाउन जरुरी छ) र देशव्यापी सरकारी आतङ्कका विरुद्ध विद्यमान वैधानिक संघसंस्था, व्यक्तिमार्फ वा नयाँ मञ्च बनाएर जनआन्दोलन निर्माणको कोसिस गर्नुपर्दछ।

(ख) निश्चित अवधिसम्म स्थानीय पार्टी र टिमहरूले विविधरूपमा जनकार्य गरी जनतासँगको सम्बन्धलाई सुदृढ पार्ने प्रयत्न गर्नुपर्दछ।

(ग) शहीदपरिवार र बन्दी साथीहरूका परिवारलाई हत्या, दमन र आतङ्कका विरुद्ध आवाज उठाउन परिचालन गर्नुपर्दछ।

(घ) सम्भव भएसम्म विभिन्न जनवर्गीय सङ्गठनहरूलाई केन्द्रीय र स्थानीय दुवै स्तरमा दमनका विरुद्ध संघर्ष उठाउन पहल गराउनर्ुपर्दछ।

(ङ) राज्यआतङ्क विरोधी प्रचारलाई तीव्र पार्नुपर्दछ। त्यसका लागि पर्चा, पोष्टर, वालिङ्, सभा, जुलुश जहाँ जे सम्भव हुन्छ, त्यसको आयोजना गर्नुपर्दछ।

उपरोक्त कार्यक्रमहरूको आयोजना तत्कालबाट सुरु गरेर आगामी २-३ महिनासम्म सञ्चालन गर्ने प्रयत्न गर्नुपर्दछ। यही अवधिमा अन्य सङ्गठनात्मक तथा प्राविधिक तयारीको काम पूरा गर्न लगाउनु पर्दछ। तयारीको यो प्रक्रियाभित्र सामान्य प्रकारका सशस्त्र प्रचारका कारबाही एवम् अन्य रक्षात्मक कारबाही जारी रहनु पर्दछ। दुस्मन उत्तेजित हुने खालका आक्रामक कारबाहीहरू तयारी अवधिभर रोक्नुपर्दछ। तयारीपश्चात् सशस्त्र कारबाहीका रूपहरू निम्न हुनेछन् :

मुख्य इलाका :

(क) गुरिल्ला कारबाही - विशेष साधन कब्जा गर्ने उद्देश्यले आवश्यक कारबाही गर्ने।

(ख) सेबोटेज - वर्गीय रूपले मुख्य दुस्मन छुट्टयाएर उसका तथा बदनाम सरकारी आर्थिक प्रतिष्ठानका विरुद्ध कारबाही गर्ने।

(ग) जनतामा टिमबद्ध अन्य प्रकारको प्रचार गर्ने।

(घ) वर्गदुस्मनका विरुद्ध कारबाही - राज्यआतङ्क मच्चाउन र क्रान्तिकारीहरूको हत्यामा सङ्लग्न प्रमुख र बदनाम वर्गदुस्मन तथा गुण्डादलका नाइकेहरूमाथि कारबाही गर्ने तर स्थानीय साना-तिना फटाहहरूमाथि कारबाही केन्द्रित नगर्ने।

सहायक इलाका :

(क) गुरिल्ला कारबाही - मुख्य इलाकामा दुस्मनशक्ति केन्द्रित हुनबाट रोक्ने तथा दुस्मनका विरुद्ध लालआतङ्क खडा गर्ने उद्देश्यले आवश्यक कारबाही गर्ने। स्थानीय प्रमुख वर्गदुस्मनहरूको विशेष साधन कब्जा गर्ने।

(ख) सेबोटेज - मुख्य वर्गदुस्मन एवम् सरकारी आर्थिक प्रतिष्ठानविरुद्ध सेबोटेज गर्ने।

(ग) मुख्य इलाकामा जस्तै।

(घ) कुख्यात वर्गदुस्मन र गुण्डादलका नाइकेहरूलाई सजाय दिने।

प्रचार इलाका :

(क) गुरिल्ला कारबाही - मुख्य र सहायक इलाकामा दुस्मनलाई केन्द्रित हुनबाट रोक्ने उद्देश्यले संवेदनशील स्थलमा प्रभावकारी ढङ्गले धक्का दिने।

(ख) सेबोटेज - नोकरशाह, दलाल पुँजीपति एवम् सरकारी आर्थिक हितहरूमाथि कारबाही गर्ने।

(ग) प्रचारात्मक कारबाही - सामान्य प्रचारात्मक कारबाही गर्ने।

(घ) वर्गदुस्मनका विरुद्ध कारबाही - दुस्मनमा सकृय रहेको कुख्यात वर्गदुस्मन तथा गुण्डा दलका नाइकेहरूलाई सजाय दिने।

उपर्युक्त नीति र कार्यक्रमअनुसार क्षेत्रीय ब्यूरोहरूले केन्द्रसँग समन्वय गर्दै ठोस निशानाहरूको निर्धारण गरेपछि कार्यान्वयनमा जानेछन्।

अन्तमा, जनयुद्धको ऐतिहासिक पहलपश्चात् पैदा भएको आजको स्थितिमा माथि उल्लेख गरिएको लक्ष्य हासिल गर्न चार तयारीमा गम्भीरतापूर्वक जुध्दै यो दोस्रो योजनालाई सफल पारी पार्टी तेस्रो योजनामा प्रवेश गर्नेर्छ। यसरी ऐतिहासिक पहलद्वारा निर्दिष्ट जनयुद्धको माध्यमबाट नेपालमा नयाँ जनवादी राज्यसत्ता स्थापनाको प्रक्रियालाई निरन्तरता दिँदै विजयतर्फअगाडि बढ्नेछौं।