2007-12-21 - press release - NA२०६४-०९-०६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20418 अभिलेखालय सि. नं.: NCA-20418

नेपाली सेनाको प्रतिबद्धता

  1. काठमाण्डौ जिल्लाको शिवपुरी बन्यजन्तु आरक्षको हाताभित्र सामुहिक चिहान भएको आशंकामा विगत केही दिनदेखि मानवअधिकारकर्मी, पत्रकारलगायत अन्य सम्बन्धित निकायहरुद्वारा सो इलाकामा भइरहेको क्रियाकलापको सिलसिलामा उक्त बन्यजन्तु आरक्षको सुरक्षार्थ तैनाथरहेको नेपाली सेनाको इकाइमाथि संप्रेषित टिकाटिप्पणीहरुउपर नेपाली सेनाको ध्यानाकर्षाण भएको छ । २. अन्तर्राष्ट्रिय मानवअधिकार तथा मानवीय कानूनप्रति सदैव सजग, सचेत तथा कटिबद्ध रहँदै आएको नेपाली सेनाले यस बिषयलाई ज्यादै संवेदनशीलताका साथ मनन गरी शंकास्पद घटनास्थलबारे अनुसन्धानगर्ने जुनसुकै पनि आधिकारिक निकायहरुलाई अनुसन्धान कार्यमा सक्दो सहयोगगर्न नेपाली सेनाका हरेक अंगहरुलाई निर्देशन भइसकेको तथ्य स्मरण गराउदछौँ । ३. साथै सो शंकास्पद घटनास्थल नेपाल सरकार बन तथा भू-संरक्षण मन्त्रालय, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण विभाग अन्तरगत पर्ने हुँदा अनुसन्धानको सिलसिलामा उक्त विभागको नीति नियमको साथै बन्यजन्तु संरक्षण ऐनको परिधिभित्र रही आवश्यक कार्य सम्पादन गर्न हुनसमेत सम्बन्धित सबै निकायहरुलाई नेपाली सेना हार्दिक अनुरोध गर्दछ । ४. यस बिषयमा सेनाका उच्च पदाधिकारीहरुबाट राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षलाई आवश्यक सहयोग गर्न नेपाली सेना तत्पर रहेको प्रतिबद्धतासमेत प्रकट भइसकेको हुँदा नेपाली सेनाबिरुद्ध अनर्गल प्रचारबाजी नगरी तत्सम्बन्धी कुनैपनि दुविधा उत्पन्न भएमा किटानीसाथ नेपाली सेनाको आधिकारिक निकायसँग प्रत्यक्ष सर्म्पर्क राखी कार्य सम्पादन भएमा सोको लागि नेपाली सेना भरपुर सहयोगगर्न क्रियाशिल रहेको व्यहोरासमेत यसै बिज्ञप्तिमार्फत जानकारी गराइन्छ ।
NA HQ
21 December 2007