2006-11-17 - press release - INSEC२०६३-०८-०१ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-20343 अभिलेखालय सि. नं.: NCA-20343

प्रेस विज्ञप्ति

०६३ मंसिर १ गते

प्रेस विज्ञप्ति

अपहरितहरूलाई मुक्त गर्न आग्रह

नेकपा (माओवादी) ले विभिन्न जिल्लाबाट आफ्नो जनमुक्ति सेनामा भर्ती गर्न भनी बालबालिकासमेतलाई अपहरण गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षा भएको छ।

केही दिन अघिदेखि माओवादीले संखुवासभा, कास्की, पाल्पा, नुवाकोट, तेह्रथुम, सर्लाही, भोजपुर, धादिङ्ग, बाँके, मोरङ्गलगायतका जिल्लाबाट कसैलाई ललाई फकाई र कसैलाई अपहरण गरी माओवादी जनसेना मा जबरजस्ती भर्ना गर्न लगेको समाचार दिनदिनै सार्वजनिक भइरहेका छन्। तर उपरोक्त विषयमा सरकार र माओवादी नेतृत्वको उदासिनता भने उदेकलाग्दो छ।

अन्तर्राष्ट्रिय मापदण्ड तथा युद्धविराम आचारसंहिता विपरीत कलिला बालबालिकालाई समेत अपहरण गर्ने तथा जबरजस्ती प्रयोग गर्ने जस्ता गतिविधिहरूप्रति हामी सरकारको ध्यानाकर्षा गराउँछौ। साथै, त्यस्ता गतिविधि नदोहर्‍याउन आफ्ना कार्यकर्तालाई निर्देशन दिन र अपहरित सबैलाई तत्काल मुक्त गरी शान्तिप्रतिको आफ्नो प्रतिबद्धतालाई सार्थक बनाउन हामी नेकपा (माओवादी) नेतृत्वसमक्ष आग्रह गर्दछौँ।

कुन्दन अर्याल

महासचिव