2006-11-16 - press release - NA२०६३-०७-३० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20340 अभिलेखालय सि. नं.: NCA-20340

प्रधानसेनापतिद्वारा शान्ति सेनामा खट्टइ जाने टोलीको निरीक्षण

संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ लेवनानस्थित युनिफिलमा तैनाथ हुन जान खट्टएिको श्री देविदल गण (शान्ति सेना) ४१ औँ डफ्फाको तालिमको प्रधानसेनापति महारथी श्री रुकमाङ्गद कटवालले आज मिति २०६३ कार्तिक ३० गते पाँचखालस्थित श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा निरीक्षण गर्नु भयो ।
उक्त अवसरमा प्रधानसेनापति श्री कटवालले प्रधानमन्त्री तथा रक्षामन्त्री श्री गिरिजा प्रसाद कोइरालाबाट उक्त गणलाई दिनु भएको सन्देश सकल दर्जालाई पढेर सुनाउनु भएको थियो । आफ्नो सन्देशमार्फ प्रधानमन्त्री श्री कोइरालाले लेवनानमा सहभागी हुन जाने सकल दर्जाहरुमा अभिवादन र बधाई दिनुहुँदै हाल विश्वका विभिन्न भागहरुमा घटिरहेको चुनौतीपूण् द्वन्द्वहरुमा संयुक्त राष्ट्र संघले शान्ति कायम गर्न गरेको अतुलनीय प्रयासहरुमा नेपालको पूण् र्समर्थन र सहयोग रहेको जनाउँदै नेपाली सेना आफ्नो देशमा मात्र नभई विदेशमा समेत द्वन्द्वरत स्थलहरुमा शान्ति सुव्यवस्था कायम राख्न उच्च हौशलाका साथ दिनरात खट्टरिहेको कुरा व्यक्त गर्नु भएको थियो ।
सोही अवसरमा प्रधानसेनापति श्री कटवालले नेपाली सेनाले भर्खरै मात्र अप्रिmकी मूलुक कंगोमा व्रि्रोहीविरुद्ध सञ्चालित अपरेशनमा नेपाली सेनाले देखाएको बहादुरीले नेपालको मात्र हैन राष्ट्र संघकै इज्जत राख्न एउटा पाना थप्ने कार्य गरेको छ भन्नुहुँदै गौरवमय इतिहास बोकेको नेपाली सेनाको विश्व शान्ति अभियानमा प्रदर्शन गरेको इमान्दारी, बहादुरी र पेशागत दक्षताको कदर स्वरुप संयुक्त राष्ट्र संघबाट बढ्दो सहभागिताको लागि समेत आव्हान गरेको कुरा बताउनु भयो । प्रधानसेनापति श्री कटवालले हालैमात्र संयुक्त राष्ट्र संघबाट हाइटीको लागि थप ३५० जना शान्ति सैनिकहरु माग भई आएको जानकारी दिनु भयो । निरीक्षणको क्रममा वहाँले नेपाली शान्ति सैनिकले लेवनानमा गर्नुपर्ने कार्यको लागि तयार पारिएको DDR (Demobilization, Disarmament / Reintegration) को प्रदर्शनी समेत अवलोकन गर्नु भएको थियो ।
मध्यपूर्वीमा अवस्थित द्वन्द्वग्रस्त लेवनानमा नेपाली सेना यस भन्दाअघि वि.सं.२०३४ सालदेखि २०५८ सालसम्म २४ बर्षलगातार शान्ति सैनिकको रुपमा तैनाथ रहेको थियो । "बलिदान सेनाको शान" भन्ने आदर्श वाक्य रहेको श्री देवीदल गणको पहिलो डफ्फा यही पौषको पहिलो हप्ता त्यसतर्फप्रस्थान गर्ने कार्यक्रम रहेको छ भने सुडानमा रहेको एक गुल्म सिधै मिति २०६३ कार्तिक १९ गते उक्त स्थानमा पुगी आफ्नो कार्य थालिसकेको छ ।
प्रधानसेनापति श्री कटवालको निरीक्षण कार्यक्रम पश्चात प्रवन्धरथी उपरथी श्री गोविन्दबहादुर गुरुङ्गले उक्त तालिमको समापन गर्नु भएको थियो । सो अवसरमा नेपाली सेनाका अन्य रथीवृन्द, अधिकृतहरु तथा रक्षा मन्त्रालयका प्रतिनिधिको समेत उपस्थिती रहेको थियो ।

NA HQ
16 November 2006