Archive ref no: NCA-20339
प्रेस विज्ञप्ति
०६३ कात्तिक ३० गते
प्रेस विज्ञप्ति
नियन्त्रित कर्मचारीहरूलाई मुक्त गर्न आग्रह
नवलपरासी जिल्लाको मुकुन्दपुरस्थित गोर्खा ब्रुअरीका कर्मचारीहरूलाई नेकपा (माओवादी) निकट मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले हिजो बिहानदेखि नै नियन्त्रणमा राखेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षा भएको छ।
लोकतान्त्रिक व्यवस्थामा जस्तासुकै समस्या आपसी छलफलबाट नै समाधान हुनसक्ने कुरा स्मरण गराउँदै नियन्त्रित कर्मचारीहरूलाई मानवोचित सम्मानकासाथ तत्काल मुक्त गर्न हामी ट्रेड युनियनका पदाधिकारीसँग आग्रह गर्दछौँ।
कुन्दन अर्याल
महासचिव