2006-11-13 - press release - NA२०६३-०७-२७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20338 अभिलेखालय सि. नं.: NCA-20338

भक्तपुरस्थित महाविद्यालयमा रक्तदान कार्यक्रमको आयोजना

मिति २०६३ कार्तिक २६ गते भक्तपुर जिल्लाको सल्लाघारीस्थित श्री वीरेन्द्र सैनिक आवासिय महाविद्यालयमा युवा रेडक्रस र्सकल स्थापनाको अवसरमा रेडक्रस सम्वन्धी विविध जानकारी तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा उक्त महाविद्यालयका सर्म्पर्क अधिकृत लगायत शिक्षक, शिक्षिका एवं कर्मचारीहरु १० जना तथा क्याम्पस तहमा अध्ययनरत २१ जना छात्रछात्राहरुले रक्तदान गर्नुका साथै जिल्ला रेडक्रस शाखा भक्तपुरका पदाधिकारी तथा विशेषज्ञहरुले रेडक्रस सम्वन्धी जानकारी दिएका थिए ।
सैनिक श्रीमती संघका अध्यक्ष श्रीमती उमा कटवाल प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा महाविद्यालयका प्रिन्सिपल श्रीमतीर् इन्दुमणि चेम्जोङ्गले स्वागत तथा सर्म्पर्क अधिकृत प्रमुख सेनानी श्री प्रयोग ज.ब.रा.ले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।

NA HQ
13 November 2006