2006-11-09 - press release - NA२०६३-०७-२३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20331 अभिलेखालय सि. नं.: NCA-20331

शान्ति सेना टोली कंगो प्रस्थान

संयुक्त राष्ट्रसंघको आव्हानमा कंगोमा शान्ति स्थापनार्थ जाने श्री ७ फिल्ड गुल्म (शान्ति सेना) सातौं डफ्फाको टोली हिजो मिति २०६३ कार्तिक २२ गते सेनानी श्री सन्तोषकुमार थापाको नेतृत्वमा त्यसतर्फप्रस्थान गरेको छ । उक्त टोलीलाई गौचरस्थित व्यारेकमा उपरथी श्री गोविन्द बहादुर गुरुङ्गले हिजै एक समारोहका बीच विदाई गर्नु भएको थियो । विदाई समारोहमा नेपाली सेनाका अन्य रथिवृन्द, अधिकृत तथा शान्ति सेनामा भाग लिन जाने सकल दर्जाका परिवारजनहरुको समेत उपस्थिति रहेको थियो । उक्त टोलीमा अधिकृत-१२, पदिक-२७ तथा अन्य दर्जा-१२६ गरी जम्मा १६५ जना सम्मिलित रहेका छन् ।

NA HQ
09 November 2006