2006-11-09 - press release - NA२०६३-०७-२३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20330 अभिलेखालय सि. नं.: NCA-20330

दुघटनाग्रस्त हेलिकप्टर मर्मतको लागि काठमाण्डौ ल्याइएको

करिब १४ महिना अगाडी सोलुखुम्बु जिल्लाको नाम्चेमा दुघटनाग्रस्त नेपाली सेनाको MI-17 हेलिकप्टर लाई आज मिति २०६३ कार्तिक २३ गते नेपाली सेनाको अर्को MI-17 हेलिकप्टर ले सिलिङ्ग गरी (झुण्ड्याएर) मर्मतको लागि सुरक्षितसाथ काठमाण्डौ ल्याई पुर्‍याइएको छ ।
उक्त हेलिकप्टर मिति २०६२ असोज ४ गते बन्दोवस्तीका सामानहरु लिएर नियमित उडानको क्रममा नाम्चे बजारमा अवस्थित नेपाली सेनाको व्यारेकमा दर्ुघटनाग्रस्त भएको थियो । दुघटनाग्रस्त उक्त हेलिकप्टर को इञ्जिन लगायत अन्य पार्टपुजाहरु यस अघि नै काठमाण्डौ ल्याई सकिएको र हेलिकप्टर को बडी (Fuselage) लाई छुट्टयाउन नमिल्ने भएको हुँदा सिलिङ्ग गरेर ल्याएको हो ।

NA HQ
09 November 2006