2006-11-04 - press release - NA२०६३-०७-१८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20322 अभिलेखालय सि. नं.: NCA-20322

सैनिक अनुशासन र मर्यादा विपरित कार्य गर्ने सैनिक व्यक्तिउपर छानविन

हिजो मिति २०६३ कार्तिक १७ गतेको राती करिब ९ बजे बर्दिया जिल्लाको पूव चिसापानीस्थित सुरक्षा बेसमा कार्यरत प्युठ ज्ञानबहादुर श्रेष्ठ र प्युठ नबराज र्घर्ती मगर बिना इजाजत व्यारेक छाडी बाहिर गई मादक पदार्थ सेवन गरी स्थानीय बासिन्दाहरुसँग झैझगडा गरेका छन् । उक्त घटनामा संलग्न प्युठ ज्ञान बहादुर श्रेष्ठलाई स्थानीय बासिन्दाहरुले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कोहलपुरमा हस्तान्तरण गरेका थिए । आज बिहान बर्दियास्थित गणका गणपति र स्थानीय प्रहरी प्रमुख घटनास्थल जानु भई स्थानीय बासिन्दाहरुसँग छलफल गरेपछि स्थिति सामान्य भएको छ । सैनिक मर्यादा र अनुशासन विपरित मादक पदार्थ सेवन गरी झैझगडामा संलग्न हुने निज सैनिक ब्यक्तिहरुलाई सैनिक हिरासतमा लिई आवश्यक छानविन पश्चात कडा भन्दा कडा कारवाही गरिने छ ।

NA HQ
04 November 2006