2006-11-03 - press release - NA२०६३-०७-१७ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20321 अभिलेखालय सि. नं.: NCA-20321

नेपाली सेनाको गम्भीर ध्यानाकर्षा भएको

मिति २०६३ कार्तिक १५ गते काठमाण्डौबाट नेपाली सेनाको बन्दोवस्तीका सर-सामान लिएर पूवतर्फ गएको Convoy लाई कार्तिक १६ गते रौतहट जिल्लाको पौराहीमा माओवादीको कथित प्रताप स्मृति बृगेडको पाँचौ बटालियन कमिशार "अविनाश" को नेतृत्वमा अर्धकम्ब्याट ड्रेशमा रहेका माओवादीका ३५/४० जनाको जत्थाले करिब १०२० बजेबाट रोकी अवरोध पुर्‍याएकोमा रक्षा मन्त्रालयमार्फत सम्बन्धितमा जानकारी गराए पश्चात स्थानीय प्रशासन, पत्रकार तथा मानव अधिकारवादी सहितको उपस्थितीमा गाडीहरु बिना खानतलासी त्यहाँबाट ११३० बजे आफ्नो गन्तव्यतर्फ गएको । उच्चतम संयमता अपनाइरहेको राष्ट्रिय सेनाको मनोबल, हौशला, मर्यादा र सुव्यवस्थापन तथा दैनिकीमा आघात पुर्‍याउने बारम्वार भइरहेका यस्ता क्रियाकलापप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षा भएको छ । सरकारको नीति निर्देशनमा चलिरहेको राष्ट्रिय सेना बिरुद्ध लक्षित यस्ता क्रियाकलाप जारी रहेमा त्यसबाट उत्पन्न हुन सक्ने दुघटनाको दुश्परिणाम सम्बन्धित पक्षले नै लिनु पर्ने छ ।

NA HQ
03 November 2006