2006-11-03 - press release - INSEC२०६३-०७-१७ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-20320 अभिलेखालय सि. नं.: NCA-20320

प्रेस विज्ञप्ति

०६३ कात्तिक १७ गते

प्रेस विज्ञप्ति

युद्धविराम आचारसंहिता विपरीत कार्यको भर्त्सना

माओवादीको एक समूहले भोजपुर जिल्लाको नेपालेडाँडा गाविस-३ को नरशोभा प्राथमिक विद्यालय, वार्ताका प्रधानाध्यापक गुरुप्रसाद नेउपानेलाई ०६३ कात्तिक १६ गते उनकै घरबाट अपहरण गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षा भएको छ। लोकतन्त्र स्थापना भएपछि माओवादी र सरकारबीच भएको युद्धविराम आचारसंहिता विपरीत लोकतन्त्र स्थापना भएयता माओवादी पक्षबाट लगभग आठसय नागरिक अपहरित भएका छन्।

तर्सथ, हामी माओवादीबाट भएका शान्ति प्रक्रिया बिथोल्ने यस्ता क्रियाकलापको घोर भर्त्सना गर्दै अपहरित नेउपानेलाई यथाशीघ्र सकुशल मुक्त गर्न र आगामी दिनमा यस्ता घटना नदोहोर्याउन नेकपा (माओवादी) लाई आह्वान गर्दछौं।

साथै, उक्त घटनामा संलग्न कार्यकतालाई तत्काल कारवाही गरी त्यसको सार्वजनिक जानकारी गराउनसमेत माओवादी नेतृत्वसमक्ष आग्रह पनि गर्दछौं।

सुबोधराज प्याकुरेल
अध्यक्ष