2006-10-31 - press release - NHRC२०६३-०७-१४ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20315 अभिलेखालय सि. नं.: NCA-20315

मिति: 2006-10-31
कब्जामुक्त गर्न आग्रह

ने.क.पा.(माओवादी) का कार्यकर्ताले केही दिन यता भिन्न-भिन्न स्थानवाट ५ जना व्यक्तिलाई कब्जामा लिई उनीहरूको स्थिति अज्ञात तुल्याएको भन्ने यस आयोगमा प्राप्त उजुरीहरूप्रति आयोगको ध्यानाकर्षण भएको छ।

प्राप्त उजुरी अनुसार काठमाडौं महानगरपालिका -६, बौद्धका शुशील थापालाई गत असोज ३० गते, वडा नं. ४ धुम्बाराहीका तारिणीप्रसाद ठाकुरलाई यही कार्तिक १ गते र देवघाट चितवनका गौरीप्रसाद सापकोटालाई कार्तिक २ गते माओवादी कार्यकर्ताहरूले नियन्त्रणमा लिएका हुन्। त्यसैगरी यही कार्तिक ११ गते काठमाडौं-६ गोंगबुका नितेश अर्याल र बालुवाटार काठमाडौंका प्रल्हाद लिम्बूलाई उनीहरूले आफ्नो कब्जामा लिएका हुन्।

नेपाल सरकार र ने.क.पा (माओवादी ) दुवै पक्षबाट जारी युद्धविराम आचार संहिता तथा मानव अधिकारको सम्मान गर्दै कब्जामा लिइएका सम्पूर्ण व्यक्तिहरूलाई तत्कालै बिना शर्त मुक्त गर्न आयोग ने.क.पा. (माओवादी) लाई आग्रह गर्दछ।

बिमलबाबु खत्री

संचार अधिकृत