Archive ref no: NCA-20313 अभिलेखालय सि. नं.: NCA-20313
त्रिभूवन आर्मी क्लवका फुटवल टोलीलाई प्रायोजन गर्ने सम्झौता
१.आज मिति २०६३ कार्तिक १४ गते जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बीच चौधरी ग्रुपको एल.जी.ब्राण्डद्वारा नेपाली सेनाको त्रिभूवन आर्मी क्लवका फुटवल टोलीलाई प्रायोजन गर्ने सम्वन्धमा सम्झौता कार्यक्रम सम्पन्न भयो ।
२.एल.जी.ब्राण्डद्वारा त्रिभूवन आर्मी क्लबका फुटवल टोलीलाई एक वर्षो लागि प्रायोजन गर्ने गरी जर्सी ट्रयाकसुट, फुटवल बुठ, फुटवल, स्पोर्ट सुज, क्याप, टि-र्सट, मोजा, ब्याग तथा गोलकिपर सेट लगायतका खेलकुद सामग्रीहरु उपलब्ध गराउने तथा नेपाली सेनाका खेलाडीहरुले स्वदेश तथा बिदेशमा आयोजना हुने सम्पूण् प्रतियोगिताहरुमा एल.जि.ब्राण्ड अंकित जर्सी गायत उपरोक्त खेलकुद सामग्रीहरु प्रयोग गर्ने सम्झौता भएको छ ।
३.सो कार्यक्रममा नेपाली सेनाका बरिष्ठ अधिकृतहरु, अखिल नेपाल फुटवल संघका अध्यक्ष श्री गणेश थापा, चौधरी ग्रुपका कार्यकारी निर्देशक श्री निर्वाण चौधरी तथा एल.जी.ब्राण्डका प्रवन्ध निर्देशक श्री रमेश श्रेष्ठको उपस्थिति रहेको थियो ।
NA HQ
31 October 2006