2006-10-30 - press release - NA२०६३-०७-१३ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20312 अभिलेखालय सि. नं.: NCA-20312

दरबारमार्गमा घटेको घटनामा दोषी ठहरिएका सैनिक व्यक्तिहरुमाथि कारवाही

मिति २०६३ श्रावण १३ गते दरवारमार्गस्थित प्रहरी चौकीमा घटेको घटनाका सम्बन्धमा छानविन गर्न उपरथी श्री यादव बहादुर रायमाझीको अध्यक्षतामा गठित जनरल सैनिक अदालतले उक्त घटनामा दोषी ठहरिएका देहायका सैनिक व्यक्तिहरुलाई निम्न अनुसारको सजाय तोकेको छः
क) सह-सेनानी रोविन विक्रम राणालाई १ बर्षकैद गरी भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त ।
ख) प्रमुख सेनानी राजेन्द्रजंग खत्रीलाई ३ बर्षबढुवा रोक्का ।
ग) सेनानी अनिल खड्कालाई ५ बर्षबढुवा रोक्का ।
घ) सहायक सेनानी सविनराज दुरालाई १ बर्षबढुवा रोक्का ।
ङ) हुद्दा रेशम श्रेष्ठलाई ४५ दिन सैनिक हिरासतमा कैद गरी १ बर्षबढुवा रोक्का ।
च) प्युठहरु पूण् बहादुर सार्की, लोक बहादुर राना, नन्द बहादुर लामिछाने, नन्द बहादुर था.म.तथा सिपाहीहरु भरत बहादुर श्रेष्ठ, मान बहादुर सिंखडा, भोजराज तिमल्सिना, चेत प्रसाद तिमल्सिना, दिपेन्द्र मिश्र, रमेश चौधरी, विजय तामाङ्ग लगायतका व्यक्तिहरुलाई ४५ दिन सैनिक हिरासतमा कैद ।

NA HQ
30 October 2006