2006-10-29 - press release - CPN-M२०६३-०७-१२ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20311 अभिलेखालय सि. नं.: NCA-20311

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Part of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

सात दलको सरकार र हाम्रो पार्टीे.क.पा.(माओवादी) का बीचमा वार्ता चलिरहेको कुरा र्सवविदितै छ। वार्ता प्रक्रिया सकारात्मक ढंगले अगाडि बढिरहेको भए पनि अन्तिम निष्कर्षा पुगी नसकेको आजकै दिन हाम्रो पार्टीरा घोषित तीन महिने युद्धविरामको अवधि समाप्त भएको छ।

वार्तालाई सकारात्मक निष्कर्षा पुर्‍याई यथाशीघ्र संविधानसभाको निर्वाचनको मिति तोक्न सहज वातावरण निर्माण गर्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी पार्टी युद्धविराम अवधिलाई अर्को तीन महिना थप गर्ने निर्ण्र्ाागरेको छ। यस अवसरमा पार्टीनेपाली जनताको शान्ति, लोकतन्त्र र अग्रगमनको आकांक्षा तथा गत ऐतिहासिक जनआन्दोलन मर्म र भावनाअनुसार वार्ता सफल भई छिटै देश संविधानसभाको निर्वाचन प्रक्रियामा प्रवेश गर्ने अपेक्षासहित आफ्नो तर्फाट यथासंभव पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछ।

मिति( १२ कार्तिक २०६३
प्रचण्ड
अध्यक्ष
ने.क.पा.(माओवादी)