2006-10-26 - press release - NHRC२०६३-०७-०९ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20309 अभिलेखालय सि. नं.: NCA-20309

मिति: 2006-10-26
कब्जामुक्त गर्न आग्रह

कब्जामुक्त गर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगमा काठमाण्डौ-१६ बालाजु स्थायी घर भएका कृष्ण लामा, ४१, लाई ने.क.पा (माओवादी)का कार्यकर्ताले नियन्त्रणमा लिई निजको स्थिति अज्ञात तुल्याएको भन्ने प्राप्त उजुरीप्रति यस आयोगको ध्यानाकर्षण भएको छ।

प्राप्त उजुरी अनुसार निज लामालाई गत असोज २८ गते अन्दाजी ७-८ जनाको संख्यामा आएका ने.क.पा. (माओवादी) का कार्यकर्ताले काठमाडौं महानगरपालिकाबाट नियन्त्रणमा लिएका थिए। नियन्त्रणका क्रममा माओवादी कार्यकर्ताले निज लामाको एक सेट मोवाइल फोन र एक थान मोटरवाइक पनि कब्जामा लिएको कुरा प्राप्त उजुरीमा उल्लेख गरिएको छ।

नेपाल सरकार र ने.क.पा (माओवादी ) दुवै पक्षबाट जारी युद्धविराम आचार संहिता तथा मानव अधिकारको सम्मान गर्दै कब्जामा लिइएका सामानसहित निज लामालाई तत्कालै बिना शर्त मुक्त गर्न आयोग ने.क.पा.(माओवादी)लाई आग्रह गर्दछ।

बिमलबाबु खत्री

संचार अधिकृत