2006-10-25 - press release - NA२०६३-०७-०८ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20306 अभिलेखालय सि. नं.: NCA-20306

प्रधान सेनापतिबाट सेनाका विभिन्न व्यारेक तथा सुरक्षा वेशहरुको भ्रमण

प्रधान सेनापति महारथी श्री रुकमाङ्गद कटवालले नेपाली सेनाका जवानहरुसँग भेटघाट गर्ने, दुःख सुख बँाड्ने, दीपावलीको शुभकामना आदान प्रदान गर्ने तथा स्थान विशेषको वर्तमान सुरक्षा स्थितिको समेत जानकारी लिने उदेश्यले तिहारको थालनीमा सुरु गर्नु भएको भ्रमण कार्यक्रमलाई निरन्तरता दिने क्रममा मिति २०६३ साल कार्तिक ७ र ८ गते पुवाञ्चल तथा मध्यमाञ्चलका नौ वटा सैनिक व्यारेक तथा दर्ुगम स्थानमा अवस्थित सुरक्षा वेशहरुको भ्रमण गर्नु भयो ।
सो भ्रमणको क्रममा प्रधान सेनापति महारथी श्री कटवालले देश र जनताको सुख, शान्ति र सुरक्षाको खातिर ती स्थानहरुमा तैनाथ रही दीपावलीको अवसरमा आफ्नो घर जान नपाएका नेपाली सेनाका सकल दर्जाहरुसँग भेटघाट गर्नुको अतिरिक्त दीपावलीको शुभकामना आदानप्रदान समेत गर्नुभयो । नेपाली मात्रको महान चाड तिहारको अवसरमा दुगमस्थान बिशेषमा गई जवानहरुसँग भेटघाट गरी सुखःदुख तथा शुभकामना आदान प्रदान गर्नु भएकोमा नेपाली सेनाका सकल दर्जाहरु निकै हषिर्त तथा गौरवान्वित हुनुका साथै राष्ट्र र जनताप्रतिको कर्तव्यपालनामा थप अभ्रि्रेरणा र हौसला मिलेको महसुस गरेका छन् ।
प्रधान सेनापति श्री कटवाल आफ्नो भ्रमण कार्यक्रम समाप्त गरी आज अपरान्ह राजधानी र्फकनु भयो । वहाँले मिति २०६३ कार्तिक ५ र ६ गते पनि पर्ुवाञ्चलका विभिन्न व्यारेक तथा सुरक्षा वेशहरुको भ्रमण गर्नु भएको थियो ।

NA HQ
25 October 2006