2006-10-23 - press release - NA२०६३-०७-०६ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20302 अभिलेखालय सि. नं.: NCA-20302

खुकुरी प्रहारबाट सैनिक व्यक्ति घाइते

मकवानपुर जिल्लाको सुपारेटारस्थित श्री कालीबहादुर गणमा कार्यरत सिपाही टेक बहादुर गुरुङ्ग आफ्नो घर गोरखा जिल्ला मूलचोक-८ मा घर विदामा गएको समयमा सोही गा.वि.स.-७ मा मिति २०६३ कार्तिक ४ गते बेलुका पिङ खेल्न गएको बखत स्थानीय व्यक्तिहरुसँग सामान्य वादविवाद हुँदा निज सिपाहीलाई एक्कासी खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको । सो घटनामा सोही इलाका बस्ने सुक बहादुर गुरुङ्ग समेत घाइते भएको ।
दुवै घाइतेहरुलाई कार्तिक ५ गते विहान नेपाली सेनाको हेलिकप्टर द्वारा उपचार्रार्थ काठमाण्डौको छाउनीस्थित वीरेन्द्र अस्पताल ल्याइएकोमा सुक बहादुर गुरुङ्गलाई प्राथमिक उपचारपछि थप उपचारको लागि वीर अस्पतालमा पठाइएको र सिपाही टेक बहादुर गुरुङ्गको वीरेन्द्र अस्पतालमा उपचार भइरहेको । उक्त घटनामा संलग्न भएको आशंकामा गोरखा जिल्ला प्रहरी कार्यालयले २ जना तथा भच्चेकस्थित प्रहरी पोष्टले अन्य ४ जना व्यक्तिहरुलाई पक्राउ गरी आवश्यक छानविन गरिरहेको छ ।

NA HQ
23 October 2006