2006-10-23 - press release - CPN-M२०६३-०७-०६ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20301 अभिलेखालय सि. नं.: NCA-20301

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
केन्द्रीय समिति

प्रेस वक्तव्य

नेपाल सम्वत ११२७ (नयाँ वर्षको अवसरमा हाम्रो महान तथा गौरवशाली पार्टी नेकपा (माओवादी)को केन्द्रीय समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट काठमाडौं उपत्यकाका आदिवासी नेवार जनसमुदायको उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु।

काठमाडौं उपत्यकामाथि आक्रमणको क्रममा सामान्ती राजा पृथ्वीनारायण शाहले सबैभन्दा सशक्त प्रतिरोधको सामना गर्नु परेको र उपत्यका कब्जापछि उनीबाट सबैभन्दा भयानक दमन बेहोर्नु परेको यहाँका नेवार जातिका माझ आज देश लोकतान्त्रिक गणतन्त्रको संघारमा उभिएको बेला आफनो जातीय मुक्तिका निम्ति आत्मनिर्णयको अधिकारसहित नेवा: स्वशासन लागू गर्न र केन्द्रीय रुपमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान अभिभारा आएको छ। आफनै विकसित भाषा, कला, संस्कृति, धर्म भएका नेवार जनसमुदायमा इतिहासको यस गम्भीर मोडमा शान्ति र अग्रगमनका लागि सशक्त भूमिका निभाउन सफलता मिलोस भनी हार्दिक शुभकामना व्यक्त गर्दछु।

मिति : २०६३ कार्तिक ६ गते

(प्रचण्ड)
अध्यक्ष
नेकपा (माओवादी)