2006-09-15 - press release - NHRC२०६३-०५-३० - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20276 अभिलेखालय सि. नं.: NCA-20276

मिति: 2006-09-15
विना शर्त कब्जामुक्त गर्न आग्रह

प्रेस विज्ञप्ति/ भदौ २९, २०६३

विना शर्त कब्जामुक्त गर्न आग्रह

ललितपुर - रौतहट जिल्ला फतुवा हर्ष गाविस-९ का राधाकृष्ण मैनालीलाई ने.क.पा. (माओवादी)को एक समूहले यही भदौ २८ गते हाल उनी बस्दै आएको काठमाडौं महानगरपालिका-३५, शंखमुलस्थित निवासबाट नियन्त्रणमा लिई स्थिति अज्ञात तुल्याएको भन्ने यस आयोगमा प्राप्त उजुरीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ।

आयोग ने.क.पा ( माओवादी ) लाई मानव अधिकारको सम्मान र अन्तर्राष्ट्रिय मानवीय कानूनको पालना गर्दै आफ्नो नियन्त्रणमा लिइएका मैनालीलाई विना शर्त तत्काल रिहा गर्न आग्रह गर्दछ। नेपाल सरकार र ने.क.पा ( माओवादी ) बीच युद्धविराम भइ शान्ति प्रक्रिया अघि बढिरहेको र दुवै पक्षले युद्धविराम आचारसंहिता जारी गरिसेकको पर्रि्रेक्ष्यमा यस खालका कार्य शान्ति प्रक्रियालाई विश्वसनीय ढङ्गले अघि बढाउने दिशामा बाधक हुन सक्दछन्। साथै आफ्नो पटक- पटकको प्रतिबद्धता विपरित मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानून उल्लंघन हुने कुनै किसिमका कार्यहरू नदोहोर्‍याउन आफ्ना कार्यकर्ताहरूलाई निर्देशन दिन समेत आयोग ने.क.पा ( माओवादी) सँग आग्रह गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव