2006-09-13 - press release - CPN-M२०६३-०५-२८ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20275 अभिलेखालय सि. नं.: NCA-20275

नेपाल कम्युनिष्ट पार्टी माओवादी)
Communist Part of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

केही दिन पहिले इजरायली हतियार, युक्रेनको जहाज र अहमदावादमा अवतरणबारे हाम्रो पार्टी आफ्नो ध्यान गंभीररुपले आकषिर्त भएको चर्चा गरेको थियो। हिजो बेलुका करिब तीन दर्जन सैन्य सामग्रीसहितका ट्रक, बख्तरबन्द गाडी, ट्यांकर र जिपहरु हेटौंडा, नारायणगढ हुंदै गजुरी आएको तथा अन्य दर्जनौं ट्रक वीरगंज बोर्डरमा रहेको सूचना प्राप्त भयो। वैदेशिक प्रतिकृयावादीहरुको इसारामा प्रतिगामी तत्वहरुसंग विद्यमान सरकारको मोह बढ्दै जान थालेको सर्न्दर्भमा हतियारको यो चलखेल तथा शान्ति वार्ताप्रतिको उदासिनता नेपाली जनताको लोकतन्त्र, शान्ति र अग्रगमनका विरुद्ध गंभीर षडयन्त्रको स्पष्ट संकेत हो। यो पूरै परिघटनाबारे सत्य तथ्य र्सार्वजनिक गर्न सरकारलाई जोडदार आग्रह गर्ने तथा आम नेपाली जनतालाई भित्रभित्रै चलिरहेको अपारदर्शी र षडयन्त्रमूलक कृयाकलापबारे जानकारी गराउन हाम्रो पार्टी सांकेतिकरुपमा आज बिहान लामो दूरीका यातायातमा चक्काजाम गरी विरोध पर््रदर्शनका लागि आह्वान गरेको थियो।

उक्त आह्वानलाई जोडदार र्समर्थन गरी सरकार र सम्बन्धित सबैलाई यसबारे बोल्न बाध्य पार्ने यातायात व्यवसायी, नागरिक समाज एवम् आम जनतालाई हाम्रो पार्टीार्दिक धन्यवाद ज्ञापनर् गर्दछ। अहिले दिइएको सरकारको स्पष्टीकरण पूरै नाटंकीय र वनावटी रहेको छ। यस सम्बन्धि सम्पर्ूण्ा वास्तविकता र्सार्वजनिक गराउन विरोधका अन्य विविध कार्यक्रम जारी राख्ने आह्वान गर्दै हालका लागि 'चक्काजाम' कार्यक्रम भने स्थगित गरिएको छ।

मिति ः( २८ भाद्र २०६३

प्रचण्ड
अध्यक्ष
ने.क.पा. (माओवादी)