2006-07-05 - press release - NHRC२०६३-०३-२१ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20243 अभिलेखालय सि. नं.: NCA-20243

मिति: 2006-07-05
आयोगद्वारा शवोत्खनन् गरी अनुसन्धान सुरू, २०६३ असार २१

ललितपुर, असार २१, २०६३ - काभ्रेपलाञ्चोक जिल्ला फूलबारी गा.बि.स.-८ बस्ने हर्रि्रसाद बोलखेलाई २०६३ पुस १२ गते सुरक्षाकर्मीबाट बेपत्ता पारी मारिएको भनी आयोगमा पर्न आएको उजुरीउपर अनुसन्धानका सिलसिलमा आज आयोगको विशेषज्ञ सहितको टोली काभ्रपलाञ्चोक जिल्लाको चलान गा.बि.स.-१ सल्लाफेद गई आज बिहान ९ बजेदेखि १ बजेसम्म आशंकित शवको उत्खनन् सम्पन्न गरेको छ। शवको परीक्षण आयोगको विशेषज्ञ टोलीले आजैबाट सुरू गर्ने छ।

सो टोलीमा आयोगका सदस्य सुदीप पाठक, विशेषज्ञहरु डा. हरिहर वस्थी र डा. प्रमोद श्रेष्ठ लगायत आयोगका अधिकृत कर्मचारीहरू संलग्न हुनुहुन्छ।

ध्रुव नेपाल

निमित्त सचिव