2006-06-21 - press release - NHRC२०६३-०३-०७ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20233 अभिलेखालय सि. नं.: NCA-20233

मिति: 2006-06-21
काश्मीरमा मारिएका नेपालीका सम्बन्धमा आयोगद्वारा नेपाल सरकारलाई सिफारिस, २०६३ असार ७

राष्ट्रिय मानव अधिकार आयोगले नेपाल सरकारलाई आज एक पत्र पर्ठाई भारत प्रशासित काश्मीरमा २०६३ जेष्ठ २९ गते हिजबुल मुजाहिद्दीन नामको सगंठनले अपहरणपश्चात हत्या गरेका आठ जना नेपाली नागरिकहरु देल्सा ऋषीदेव, डल्लु, छोटा डल्लु, कालु ऋषीदेव, लक्ष्मी सिहं, रिसी ताजपुरीया, चिंको ऋषीदेव र दिना मण्डल मारिएको घटनाको सम्बन्धमा भारत सरकारसँग आवश्यक पहल गरी मृतकका परिवारहरुलाई उचित क्षतिपर्ूर्ति दिलाउन तथा दोषी उपर कानूनी कारवाही गराउन कुटनीतिक तहमा शीघ्र पहल गर्न सिफारिस गरेको छ।

विभिन्न आमसञ्चार माध्यमबाट प्रकाशित/प्रसारित समाचार तथा आयोगको अनुगमनबाट हत्या गरिएका आठै जना नागरिकहरु मोरगं गोविन्दपुर १, मुसहरीटोल बस्ने भन्ने बुझीन आएको छ।

ध्रुव नेपाल

निमित्त सचिव