2006-06-15 - press release - NHRC२०६३-०३-०१ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20230 अभिलेखालय सि. नं.: NCA-20230

मिति: 2006-06-15
आयोगद्वारा माओवादी प्रतिनिधिसग छलफल, २०६३ असार १

ललितपुर - राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय तथा खोटाङ्गस्थित सर्म्पर्क कार्यालयका प्रतिनिधिहरु एवं ने.क.पा. (माओवादी) लगायत अनेरास्ववियु-क्रान्तिकारी) खोटाङ्ग, जिल्ला भोजपुर समितिका प्रतिनिधिहरूबीच आज खोटाङ्गमा एक छलफल कार्यक्रम सम्पन्न भयो।

छलफल कार्यक्रममा ने.क.पा. (माओवादी) तथा अनेरास्ववियु -क्रान्तिकारी) का प्रतिनिधिहरूले जिल्लामा आफूहरूबाट मानव अधिकार ज्यादती गरिएका भनिएका विषयहरूमा पार्टर्ीीथा संगठन भित्र छानबीन गरी उक्त कुराको जानकारी आयोगलाई गराउने र दोषी ठहरिएमा कार्वाही प्रक्रिया अगाडि बढाउने कुरा व्यक्त गर्नुभयो। समुदायमा हस्तान्तरण गरिएका विद्यालय प्रशासनहरूमा लगाइएका तालाबन्दीका विषयमा वहाँहरूले सरोकारवाला सबै पक्षहरूसँग बहस तथा छलफल गरी उपयुक्त निष्कर्षाट समस्याको समाधान गर्ने कुरा बताउनु भयो। साथै आफ्नो पार्टर्ीीथा संगठनले कसैसँग पनि जबरजस्ती चन्दा नलिने कुरा व्यक्त गर्दै वहाँहरूले आयोगको मानव अधिकार संरक्षण तथा सर्म्बर्द्धनको कार्यमा आफूहरू सहयोग पुर्‍याउन सदैव तयार रहेको कुरा जनाउनु भयो।

छलफल कार्यक्रममा ने.क.पा. (माओवादी) भोजपुर जिल्ला समिति प्रतिनिधि मुक्ति बान्तवा, अनेरास्ववियु-क्रान्तिकारी) खोटाङ्ग भोजपुर संयोजक डिल्लीराम अधिकारी तथा अनेरास्ववियु-क्रान्तिकारी) खोटाङ्ग एरिया संयोजक नवीन बान्तवाको उपस्थिति थियो। त्यसैगरि आयोगको तर्फाट सर्म्बर्द्धन महाशाखा प्रमुख मुरारीप्रसाद खरेल तथा खोटाङ्ग सर्म्पर्क कार्यालयका प्रमुख लोकनाथ बास्तोला हुनुहुन्थ्यो।

ध्रुव नेपाल

निमित्त सचिव