2006-06-13 - press release - NHRC२०६३-०२-३० - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20228 अभिलेखालय सि. नं.: NCA-20228

मिति: 2006-06-13
आयोग र जर्मन राजदूतबीच भेट, २०६३ जेठ ३०

नेपालका लागि जर्मन राजदूत प|mाङ्क रिङ आज राष्ट्रिय मानव अधिकार आयोगमा आई आयोगका पदाधिरीहरूसँग भेट गर्नुभयो। सो भेटमा आयोग पदाधिकारीहरू र जर्मन राजदूत प|mाङ्कबीच नेपालको मानव अधिकारको वर्तमान स्थितिका बारेमा छलफल भएको थियो।

छलफलमा नेपालमा लोकतन्त्र स्थापनापछिको मानव अधिकार स्थितिको बारेमा राजदूत रिङले विशेष चासोका साथ जानकारी लिनु भयो। उहाँले नेपाल सरकार र माओवादी बीचको शान्ति प्रक्रिया सफल तुल्याउन आयोगले आफ्नो तर्फबाट पहल गर्नुपर्ने कुरामा जोड दिनुभयो।

आयोगद्वारा नेपाल सरकार र ने.क.पा -माओवादी) समक्ष प्रस्ताव गरिएको युद्धबिराम सम्झौतापत्र र मानव अधिकार सम्झौता पत्रको मस्यौदामा सम्बद्ध पक्षहरूलाई हस्ताक्षर गराउन पहल भइरहेको विषयमा राजदूत प|mाङ्क र आयोगका पदाधिकारीहरु बीच विचार विमर्श भयो।

राजदूत रिङले जनताको चाहना र आकांक्षालाई ध्यानमा राखी सरकार र माओवादी दुवै पक्ष मानव अधिकारका सवालमा पारदर्शी र स्पष्ट हुनुपर्ने कुरा व्यक्त गर्नुभयो।

बिमलबाबु खत्री

संचार अधिकृत