2006-06-10 - press release - NHRC२०६३-०२-२७ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20227 अभिलेखालय सि. नं.: NCA-20227

मिति: 2006-06-10
आयोगको खोटाङ्ग सर्म्पर्क कार्यालय उद्घाटन, २०६३ जेठ २७

आयोगको खोटाङ्ग सर्म्पर्क कार्यालय उद्घाटन

- सबै राजनीतिक दल एवं माओवादीद्वारा शुभकामना

राष्ट्रिय मानव अधिकार आयोगको खोटाङ्गस्थित सर्म्पर्क कार्यलयको उद्घाटन आज एक भव्य समारोहका बीच सम्पन्न भयो। उक्त कार्यक्रमको उद्घाटन आयोगका माननीय सदस्य सुदीप पाठकले विभिन्न राजनीतिक दलका नेताहरु तथा माओवादी प्रतिनिधी, खोटाङ्गस्थित सरकारी निकायका प्रमुखहरु, नेपाल सेना, जनपथ तथा सशस्त्र प्रहरीका प्रतिनिधी, पत्रकार, नागरिक समाज, बुद्धिजीवि व्यापारी लगायत विभिन्न संघ-सस्थाका प्रतिनिधीहरु समेतको उपस्थितिमा गर्नुभयो।

कार्यक्रममा प्रमुख अतिथिकोरुपमा उद्घाटन मन्तव्य राख्दै सदस्य पाठकले अत्यन्त महत्व दिएर उक्त सर्म्पर्क कार्यलयको स्थापना गरिएको जनाउनु भयो। आजको अवस्थामा र्सबपक्षीय सहमतिले देशमा न्यायोचित शान्ति स्थापित हुने कुरामा आफू पूण्ा आशावादी रहेको र सबैले मानव अधिकारलाई केन्द्रमा राखेर कार्य गर्नुपर्ने कुरामा जोड दिनुभयो।

कार्यक्रमा माओवादी नेता क. मुक्तिले जनयुद्धका बेलामा आफुहरु मानव अधिकारप्रति अत्यन्त सचेत रहदै सम्मान गरेको व्यक्त गर्दै कहींकतै गल्ती भएको छ भने आयोगले औल्याईं दिएमा आगामी दिनमा त्यस्तो नदोहोरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। आयोगले निकै मेहनतका साथ राम्रो कार्यहरु गरिरहेको र यस जिल्लामा उद्घाटन भएको कार्यलयको सफलताको कामना व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा इन्द्रध्वज गणका गणपती प्र.से. रमेश थापामगरले आफूहरु मानव अधिकारको सम्मानकानिम्ति प्रतिबद्ध रहेको र नेपाल सरकारको निर्ण्र्ाातथा आदेशमा नेपाल सेना नेपाली जनताको हितमा सधै क्रियाशिल रहने अठोट व्यक्त गर्नुभयो। साथै वहाँले नेपाली दाजुभाइ मात्रै मर्ने र मार्ने हुनेहुदा देशमा शान्ति स्थापना हुनैपर्ने कुरा व्यक्त गर्नुभयो।

मन्तव्यको क्रममा जिल्लास्थित ने.क.पा.-एमाले)का सचिव विशाल भट्टर्राईले आफ्नो पार्टी जिल्लाको मानव अधिकारको स्थिति सुधारको लागि सदैव आयोगलाई सहयोग गर्ने विचार राख्दै सुशकामना व्यक्त गर्नुभयो। नेपाली कांग्रेसका सभापति विष्णु र्राईले आयोगको कार्यालय स्थापनादेखि यस जिल्लामा मानव अधिकार रक्षार्थ आयोगले गरेको कामको प्रसंशा गर्दै शुभकामना व्यक्त गनर्ुृ भयो। जनमोर्चा

नेपालका जिल्ला सचिव दर्ुगाजयन्ती र्राईले मानव अधिकारको रक्षाको लागि आयोगको क्रियाशीलता अझै बृद्धि हुनुपर्ने धारणा राख्दै कार्यालय स्थापना भएकोमा खुशी प्रकट गर्नुभयो। ने.क.पा.-माले)का प्रतिनिधि प्रदिप चाम्लिङले आयोगलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै कार्यालयको स्थापनाले मानव अधिकार उल्लंघनमा कमि आउने धारणा राख्नु भयो।

कार्यक्रममा शुभकामना व्यक्त गर्नेहरुमा प्रमुख जिल्ला अधिकारी केशर बहादुर के.सी., जिल्ला प्रहरी प्रमुख प्र.ना.उ. रामचन्द्र भण्डारी, पत्रकार महासंघका अध्यक्ष भीम रार्इ, नेपाल बार एशोशियसनका अध्यक्ष गणेश च्याम्बर, उद्योग बाणिज्य महासंघका अध्यक्ष कुश नारायण संैजु, शिक्षक यूनियनका उपसभापति हिराबहादुर निरौला र गैसस महासंघ तथा नागरिक मानव अधिकार संजालका अध्यक्ष नारायणप्रसाद जोशी आदिले मन्तव्यका क्रममा आफूहरुले आयोगलाई सहयोग गर्ने तथा आयोगको उक्त सर्म्पर्क कार्यालयको स्थापनाले जिल्लामा मानव अधिकार उल्लंघनका घटनाहरुमा कमि आउने कुरा व्यक्त गर्नु भयो।

आयोगले आफ्नो पहुँच बिस्तारका क्रममा ४ विकास क्षेत्रमा क्षेत्रीय कार्यालय तथा विभिन्न ५ जिल्लामा ५ वटा सर्म्पर्क कार्यालय स्थापना गर्ने क्रममा जुम्ला, रोल्पा, धनुषा र खोटाङ्ग सर्म्पर्क कार्यालयको उद्घाटन गरेको हो।

बासुदेव बजगाईं

संरक्षण अधिकृत