2006-06-06 - press release - NHRC२०६३-०२-२३ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20225 अभिलेखालय सि. नं.: NCA-20225

मिति: 2006-06-06
आयोग पदाधिकारी र प्रधानन्यायाधीशबीच छलफल, २०६३ जेठ २३

ललितपुर, जेठ २३, २०६३ - राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीहरू संलग्न प्रतिनिधिमण्डलले आज सम्माननीय प्रधानन्यायाधीश दिलीपकुमार पौडेलसँग भेटघाट गर्‍यो। उक्त प्रतिनिधिमण्डलले पर्ुपक्षको लागि लामो समयदेखि थुनामा राखिएका बन्दीहरूको मुद्दा समयभित्र किनारा नलागेको बारे सर्बोच्चको ध्यानाकर्षा गरायो।

सो अवसरमा प्रधानन्यायाधीश पौडेलले मुलुकका विभिन्न कारागारमा रहेका थुनुवाहरूको स्थिति र पर्ुपक्षमा रहेका व्यक्तिहरूका सम्बन्धमा अदालतले विशेष चासो दिएर हर्ेर्ने तथा त्यससम्बन्धमा कानुनी कारवाही यथासक्य छिटो अघि बढाइने बताउनुभयो।

उक्त भेटमा आयोग प्रतिनिधिमण्डलले आयोगको कारागार अनुगमनबाट प्राप्त तथ्थ्यहरू अवगत गराएको थियो। सोही अवसरमा आयोगद्वारा हालै र्सार्वजनिक 'कारागार अनुगमनको प्रतिवेदन' पुस्तक पनि प्रधानन्यायाधीस पौडेललाई बुझाइएको थियो।

उक्त प्रतिनिधिमण्डलमा आयोगका सदस्यहरु सुशीला सिंह सिलु, सुदिप पाठक र गोकुल पोखरेल हुनुहुन्थ्यो।

ध्रुव नेपाल

निमित्त सचिव