Archive ref no: NCA-20220
मिति: 2006-05-29
आयोगका ३ सदस्यीय कार्यदल गठन, २०६३ जेठ १४
ललितपुर - राष्ट्रिय मानव अधिकार आयोगले शान्ति प्रक्रियामा मानव अधिकारको सुनिश्चितता र संरक्षणको लागि आयोगका सदस्य सुदीप पाठकको संयोजकत्वमा सदस्यद्वय डा. रामदयाल राकेश र सुशीला सिंह सिलु समेतको ३ सदस्यीय कार्यदल गठन गरेको छ। उक्त कार्यदल आयोगको यही जेठ ९ गते बसेको बैठकबाट गठन गरिएको हो।
उक्त कार्यदलले वर्तमान अवस्थामा विकसित हुदै गइरहेको शान्ति प्रक्रियालाई टेवा पुर्याउनको लागि आयोगद्वारा सरकार र ने.क.पा.(माओवादी)का लागि तयार पारिएको मस्यौदामा संयुक्तरुपमा हस्ताक्षर गर्ने वातावरण तय गर्न मद्दत गर्ने लगायत मानव अधिकार सरोकारवालाहरुसँग देशमा शान्ति स्थापनार्थ आवश्यक संयन्त्र निर्माण गर्ने जस्ता कार्यहरु गर्ने छ।
ध्रुव नेपाल
निमित्त सचिव