2006-05-18 - press release - NHRC२०६३-०२-०४ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20209 अभिलेखालय सि. नं.: NCA-20209

मिति: 2006-05-18
आन्तरिक विस्थापनको सम्बन्धमा आयोगद्वारा सरकारलाई एक सिफारिस पत्र, २०६३ ज्येष्ठ ४

ललितपुर, ज्येष्ठ ४, २०६३ - राष्ट्रिय मानव अधिकार आयोगले माओवादी पीडित संघका तर्फाट २०६३ साल बैशाख ३१ गते आयोगमा दिएको ज्ञापन पत्रमा उल्लेख गरिएका विषयहरूको यथाश्रि्र कार्यान्वयन गर्ने सिलसिलामा सरकारलाई आज एक सिफारिस पत्र पर्ठाई निम्नानुसार काम गर्न सिफारिस गरेको छः

· सशस्त्र द्वन्द्वका क्रममा घर-जग्गा कब्जामा लिइएका, धनमाल सहित घर-जग्गा ने.क.पा. (माओबादी) बाट लुटपाट भएका, आगजनी भै सम्पत्ति क्षति भएका र घर निकाला गरिएका आन्तरिक बिस्थापित परिवारलाई पुनस्थापित गरी बिस्थापित अवधिभरमा भएको सम्पूण्ा क्षतिको क्षतिपूर्ति दिलाउन।

· सशस्त्र द्वन्द्वका कारण विस्थापित पीडित परिवारहरुलाई पालनपोषणको लागि मानवीय राहत प्याकेजका कार्यक्रम संचालन गर्न र जीवन निर्वाहका लागि दीघकालीन उपायहरुको व्यवस्था गर्न।

· सशस्त्र द्वन्द्वका कारण विस्थापित शिक्षक तथा कर्मचारीहरुको आवश्यक जाँचबुझ गरी विस्थापित भएको अवधिभरको तलव भत्ता सहित पुनर्वहाली गराउन।

· बृद्धबृद्धा एवं द्वन्द्वको क्रममा घाइते र अपाङ्ग भएका पीडित व्यक्तिलाई मानवीय राहत एवं भत्ता सुविधाको व्यवस्था गराउन।

· सशस्त्र द्वन्द्वमा मृत्यु भएका तथा विस्थापित परिवारका बालबालिकालाई निशुल्क शिक्षाको व्यवस्था गर्न।

राधाकृष्ण उप्रेती

निमित्त सचिव