2006-05-09 - press release - CPN-M२०६३-०१-२६ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-21070 अभिलेखालय सि. नं.: NCA-21070

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
केन्द्रीय समिति

प्रेस वक्तव्य

गत मंसिर ७ गते सात राजनैतिक दल तथा हाम्रो पार्टीबीच सम्पन्न १२–बुँदे ऐतिहासिक समझदारीप्रति पूर्ण प्रतिबद्ध हुँदै संविधानसभामार्फत अग्रगामी राजनैतिक निकासको पक्षमा हाम्रो पार्टी दृढतापूर्वक अघि बढिरहेको सर्वविदितै छ। १२–बुँदे समझदारीको मर्मअनुसार जनयुद्धको क्रममा विभिन्न व्यक्ति वा राजनैतिक दलका कार्यकर्ताहरुको अन्यायपूर्ण तरिकाले कब्जा गरिएको घर जग्गा तथा सम्पत्ति सम्बन्धमा सम्बन्धितलाई फिर्ता गर्ने काम सुरु भइसकेको छ र बाँकी काम सम्बन्धित व्यक्ति वा पार्टीका कार्यकर्तासँग छलफल गरी पुरा गर्न स्पष्ट निर्देशन भइसकेको छ।

त्यसरी नै वार्ता प्रकृयालाई सहज तुल्याउन युद्धविराम र यसअनुरुप तयार भएको आचारसंहिताको आधारभुत मर्मलाई इमान्दारीपूर्वक लागू हुने कुरा पनि हामी यहाँ स्पष्ट गर्न चाहन्छौ। हामी सत्ता पक्षबाट पनि सोही बमोजिमको प्रतिबद्धता र पालनाको अपेक्षा गर्दै वार्ता प्रकृयालाई अझै सहज बनाउन सत्ता पक्षबाट पनि देशभित्र र भारतमा बन्दी बनाइनु भएका हाम्रा पार्टीका नेता तथा कार्यकर्ताहरुको शीघ्र रिहाइको प्रकृया सुरु गर्न विषेश अपिल गर्दछौ।

२६ वैशाख ०६३

कृष्णबहादुर महरा
प्रवक्ता
नेकपा (माओवादी)