2006-04-23 - press release - NA२०६३-०१-१० - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20182 अभिलेखालय सि. नं.: NCA-20182

रक्षा मन्त्रालयको अनुरोध

नेपाल अधिराज्यको स्थानीय प्रशासन ऐन २०२८ अन्तरगत स्थानीय प्रशासनद्वारा जारी गरिएको कर्फ्र्यूमा शान्ति सु-व्यवस्था कायम गर्न सुरक्षाफौज अहोरात्र परिचालित भइरहेको र्सवविदितै छ ।

कर्फ्र्यूको समयमा परिचालित सुरक्षाफौजको काम स्थानीय प्रशासन ऐनको परिधीमा रहि कर्फ्र्यूको आदेशलाई पालना गराउनु तथा शान्ति सु-व्यवस्था कायम गर्नु हो, र्सवसाधारणलाई दुःख दिनु होइन भन्ने कुरा पुनः अवगत गराउदै विकट परिस्थितीमा बाध्यात्मक अवस्थामा मात्र स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी हुने हुँदा स्थिती सामान्य भएपछि निषेधाज्ञा हट्ने कुरा समेत रक्षा मन्त्रालय यसै बिज्ञप्तिमार्फत र्सवसाधारणहरुमा जानकारी गराउँदछ ।

निषेधाज्ञा पालना गराउने सिलसिलामा र्सवसाधारणमा पर्न गएको तकलिफ प्रति दुःख प्रकट गर्दै ऐनको परिधीमा रहि निषेधाज्ञा पालना गराउन खट्टएिका सुरक्षाफौजलाई सहयोग पुर्‍याई दिनु हुन रक्षा मन्त्रालय अनुरोध गर्दछ ।

साथै हाल भइरहेको आन्दोलनमा राजनैतिक दलहरुलाई उद्धृत गर्दै विभिन्न सञ्चार माध्यमहरुले सुरक्षा निकायले भिजिलान्तेहरुको प्रयोग गरेको भन्ने आरोपको समेत रक्षा मन्त्रालय पूणारुपमा खण्डन गर्दछ ।

RNA HQ
23 April 2006