2006-04-21 - press release - INSEC२०६३-०१-०८ - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-20176 अभिलेखालय सि. नं.: NCA-20176

प्रेस विज्ञप्ति

०६३ वैशाख ८ गते

प्रेस विज्ञप्ति

कलंकीमा मारिएकाहरूको पहिचान गर्न आह्वान

फोटोः बाँयाबाट क्रमश, वासु घिमिरे, सगुन ताम्राकार, नाम खुल्ननसकेका ट्याक्सी ड्राइभर र अज्ञात युवक

सात राजनीतिक दलहरूद्वारा ०६३ वैशाख ७ गते कलंकीमा आयोजित शान्तिपूर्ण प्रदशनमा अत्यधिक बल प्रयोग गरी सुरक्षाकर्मीद्वारा मारिएका चारजना युवकहरूको तस्वीर इन्सेकमा संकलन गरिएको छ।

कलंकीमा मारिएका ती युवकहरूमध्ये एकजनाको लास घटनास्थलबाटै सुरक्षाकर्मीले लगेको बुझिएको छ। उपचार गर्दा गर्दै मृत्युवरण गर्ने अन्य तीन जनाको लास सुरक्षाकर्मीहरूले सोही दिन साँझ मोडेल अस्पतालबाट खोसेर लगेका थिए।

अहिलेसम्म चारजनाको तस्वीर विभिन्न आमसञ्चारमाध्यमका फोटो पत्रकार र इन्सेकको आफ्नै स्रोतबाट संकलन भएको छ। तर त्यस घटनामा अरु केही व्यक्ति पनि मारिएको हुनसक्ने आशंका गरिएको छ।

मारिएकामध्ये वासु घिमिरे (२९), आमभन्ज्याङ गाविस-३, मकवानपुर, सगुन ताम्राकार (१८), खानीखोला गाविस, धादिङको मात्र पहिचान हुन सकेको छ।

तर्सथः हामी यसै अनुरोध पत्रका साथ संलग्न तस्वीरमा देखिएका व्यक्तिहरूको पहिचान गरी सहयोग गरी दिनहुन सबैमा अनुरोध गर्दछौं। साथै, लाठी प्रहारबाट मारिएको आशंका गरिएका एकजना बालक र एकजना महिला वा अन्य कसैका सम्बन्धमा कुनै पनि किसिमको जानकारी पाउनु भएको छ भने संयुक्त राष्ट्र संघीय मानवअधिकार उच्च आयुक्तको नेपालस्थित कार्यालयलगायत इन्सेक, राष्ट्रिय मानवअधिकार आयोग, हिमराइट्स, नेपाल मानवअधिकार संगठन, मानवअधिकार संरक्षण मञ्च, मानवअधिकार तथा शान्ति समाज, मानवअधिकार प्रतिष्ठान वा अन्य कुनै पनि कृयाशील मानवअधिकार संस्थालाई उपलब्ध गराइ दिनहुन सबैमा हार्दिक अनुरोध गर्दछौं।

सुबोधराज प्याकुरेल
अध्यक्ष