2006-04-12 - press release - NHRC२०६२-१२-३० - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20163 अभिलेखालय सि. नं.: NCA-20163

मिति: 2006-04-12
बिनार्सत रिहाइको आग्रह, २०६२ चैत ३०

ने.क.पा. (माओवादी)ले यही चैत २३ गते र्सलाही आक्रमणको घटनामा कब्जामा लिई गएका प्रमुख जिल्ला अधिकारी बोधराज अधिकारी लगायत सुरक्षाकर्मीलाई मुक्त गर्न श्री ५ को सरकारले आफ्ना पाँच कार्यकर्ता रिहा गर्नुपर्ने र्सत राखेकोप्रति राष्ट्रिय मानव अधिकार आयोगको ध्यानकर्षा भएको छ।

कब्जामा लिईएका व्यक्तिको रिहाइको लागि शर्त राख्नु अन्तर्राष्ट्रिय मानवीय कानून विपरीत भएकाले आफ्नो कब्जामा रहेका प्रजिअ अधिकारी लगायत सुरक्षाकर्मीको विना शर्त अबिलम्ब रिहाईका लागि आयोग ने.क.पा (माओवादी)लाई आग्रह गर्दछ।

यसैगरी, आयोगमा अपहरणसम्बन्धी प्राप्त उजुरीहरुमा सिन्धुपाल्चोक जिल्ला ठोकर्पा गा.वि.स.२ का ठाकुरप्रसाद भण्डारीलाई यही चैत २० गते; अध्ययन भ्रमण सकी दोलखा तर्फ फर्कदै गरेका रेञ्जर प्रदिप कुमार चौधरी र वन रक्षक विरेन्द्र पासवानलाई फागुन १९ गते दोलखाको जफे गाविसको डुडे बाह्रबिसेबाट; तेह्रथुम जिल्ला ह्वाकु गाविस ५ बस्ने डम्बरबहादुर तुम्बाहाम्फे र वहाकी श्रीमति सुन्दरी तुम्बाहाफे लगायत पदम सिटौला, एकराज पौडेल, शुक्रराज इङनाम र कठकुइया गाविसका इसाक अहमद खाँलाई फागुन १८ गते; सप्तरी जिल्ला राजविराज नगरपालिका ९ निवासी राजेशकुमार देवलाई फागुन २३ गते पूर्व दलित बस्तीबाट; सिन्धुपाल्चोक जिल्ला कुभिण्डे गाविस २ निवासी प्र.स.नि. पदमनाथ सापकोटालाई चैत २३ गते र्सलाहीबाट; पर्सा जिल्ला बईरिया गाविस विन्दवासिनी चोक निवासी अर्थात सोही गाविसका पूर्व अध्यक्ष प्रेमचन्द कुसवाहलाई चैत १७ गते; जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार सुरेशकुमार यादव तथा निजको श्रीमति प्र.ज. मेनुकादेवी यादव (राई)लाई चैत ५ गते रौतहट जिल्लाको बौराहीबाट ने.क.पा (माओवादी)का कार्यकर्ताले कब्जामा लिई सबै जनाको स्थिति अज्ञात तुल्याएको भनी आयोगमा प्राप्त उजुरीहरुप्रति पनि आयोगको ध्यानाकर्षा भएको छ। आयोग ने.क.पा.(माओवादी)का कार्यकर्तालाई अपहरित सबैको विनार्सत अबिलम्ब शकुसल रिहाइको लागि आव्हान गर्दछ।

राधाकृष्ण उप्रेती

नि.सचिव