2006-04-09 - press release - NHRC२०६२-१२-२७ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20160 अभिलेखालय सि. नं.: NCA-20160

मिति: 2006-04-09
आयोगबाट अनुसन्धान शुरू, २०६२ चैत्र २७

ललितपुर, चैत्र २७, २०६२ - सात राजनीतिक दलद्वारो आयोजना गरेको आम हडतालको सिलसिलामा मिति २०६२ साल चैत्र २६ गते महेन्द्रपुल पोखरामा आयोजित पर््रदर्शनमा सुरक्षाकर्मीको गोली लागी भीमसेन दाहालको मृत्यु भएको र अन्य केही व्यक्तिहरू र्घाईते भएको घटनाको सम्बन्धमा आयोगको क्षेत्रिय कार्यालय पोखराले अनुसन्धान शुरू गरेको छ।

राजर्नैतिक दलद्वारा आयोजित चार दिने आम हडताल र राजधानी लगायत अन्य स्थानमा लागेको कफर््र्युको समयमा हुनसक्ने मानव अधिकार उलंघनका घटनाको पनि आयोगको केन्द्रीय तथा क्षेत्रिय कार्यालय समेतबाट निरन्तर अनुगमन भईरहेको छ। यस क्रममा आयोगले विभिन्न थुनुवा केन्द्रहरूमा रहेका बन्दीहरूको मानव अधिकार अवस्थाको समेत अनुगमन गरिरहेको छ।

आयोग, जस्तोसुकै परिस्थितिमा पनि नागरीकको आधारभुत मानव अधिकार तथा संविधान प्रदत्त मौलिक अधिकारको रक्षा गर्न श्री ५ को सरकारसँग आग्रह गर्दछ।

(यज्ञप्रसाद अधिकारी)

प्रमुख