2006-04-03 - press release - NA२०६२-१२-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20154 अभिलेखालय सि. नं.: NCA-20154

पक्राउ परेका आतंककारीहरुका कथित STF विध्वंस मच्चाउने कार्यमा संलग्न रहेको पुष्टी

हालै काठमाण्डौं उपत्यकामा सुरक्षाफौजद्वारा पक्राउ परेका आतंककारी समूहका कथित STF हरुको भनाइ अनुसार, निकट भविष्यमा सात राजनैतिक दलहरुद्वारा गर्ने भनिएको कार्यक्रममा जनर्समर्थन जुटाउन बलजफ्ती र्सवसाधारणहरुलाई सहभागी गराउने, सात राजनैतिक दलहरुसँग मिलेर सहकार्य गरी जनजीवनमा आतंक फैलाउने, राजनैतिक दलहरुको कार्यक्रममा समानान्तर रुपमा सशस्त्र गतिविधीहरु सञ्चालन गरी जनजीवन आतंकीत पार्ने र राजनैतिक माहोल अनुसार कार्य गर्ने जिम्मेवारी आफूहरुले पाएको बताएका छन् ।

साथै पक्राउ परेका निज आतंककारीहरु विगतमा विभिन्न स्थानमा विष्फोटन लगायतका विध्वंस मच्चाउने कार्यमा प्रत्यक्ष संलग्न रहेको कुराहरु समेत उनिहरुको भनाइबाट पुष्टि हुन आउँछ ।

RNA HQ
03 April 2006