2006-04-03 - press release - NA२०६२-१२-२१ - प्रेस विज्ञप्ति - नेसे

Archive ref no: NCA-20152 अभिलेखालय सि. नं.: NCA-20152

आतंककारीहरुले बेवारीशे अवस्थामा छाडेको बम विष्फोटन हुँदा एक बालिकाको मृत्यु

आज मिति २०६२ चैत्र २१ गते आतंककारीहरुले सिन्धुपाल्चोक जिल्लाको कुन्चोक गा.वि.स.स्थित मेलम्ची जाने सडक खण्डमा बेवारीशे अवस्थामा छाडेको बम विष्फोटन हुँदा उक्त इलाकामा घाँस काट्दै गरेकी एक बालिकाको घटनास्थलमा नै मृत्यु भएको छ । साथै उक्त विष्फोटनमा परी स्थानीय २ जना र्सवसाधारण व्यक्तिहरु समेत सख्त घाइते भएका छन् ।

RNA HQ
03 April 2006