2006-04-03 - press release - CPN-M२०६२-१२-२१ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20150 अभिलेखालय सि. नं.: NCA-20150

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
Communist Party of Nepal (Maoist)
केन्द्रीय समिति
Central Committee

प्रेस वक्तव्य

सात संसदवादी राजनैतिक दल र हाम्रो पार्टी बीचमा सम्पन्न दोस्रो समझदारी अनुसार हामीले देशव्यापि चक्काजाम र नाकाबन्दीको कार्यक्रम फिर्ता लिएको कुरा र्सवविदितै छ। त्यहि समझदारीको स्पीरिट अनुसार सात दलद्धारा शान्तिपूर्ण जनआन्दोलनको कार्यक्रमकारुपमा घोषित चैत्र २४ देखि २७ सम्मको आम राजनैतिक हडताल, राजधानी केन्द्रीत जनपर््रदर्शन र असहयोग आन्दोलनलाई हाम्रो तर्फाट सक्रिय र्समर्थन गरिने कुरा पनि र्सार्वजनिक भइसकेको छ। यसरि लोकतन्त्र, शान्ति र अग्रगमनका निमित्त कायम भएको दोस्रो समझदारी र शान्तिपूर्ण आन्दोलनको घोषित कार्यक्रमबाट आतंकित बन्न पुगेको पंचायती मण्डलेहरुकोे निरंकुश राजतन्त्रवादी सामन्ती गिरोह भने राज्य आतंकको खुल्ला धम्कि दिएर आफ्नो मरणाशन्न शासन टिकाउने मिथ्या कशरत गरिरहेको छ। जनमुक्ति सेनाको घ′सपैठको बहाना बनाएर राजधानी केन्द्रीत शान्तिपूर्ण जनपर््रदर्शनमाथि फौजी आतंक मच्चाउने निरंकुश सामन्ती गिरोहको षडयन्त्रलाई नाङ्गेझार पार्न, आम जनतालाई दृढतापूर्वक शान्तिपूर्ण आन्दोलनमा अगाडि बढ्ने सहज वातावरण तयार पार्न तथा सात राजनैतिक दल र नागरिक समाजको आग्रहलाई गंभीरतापूर्वक लिई आज बेलुकादेखि नै लागु हुने गरि पार्टी तर्फाट अर्को वक्तव्य जारी नहुंदासम्मकालागि काठमाण्डु उपत्यका भित्र सबै प्रकारका फौजी कार्यवाहीहरु स्थगित गरिएको छ।

निरंकुश सामन्तीतन्त्रका विरुद्ध अन्तिम र निर्ण्ाायक संर्घष्ाको यो संवेदनशिल घडिमा सबै तह र तप्काका जनतालाई सडकमा निस्केर लोकतान्त्रिक नेपालको नयां इतिहास रचना गर्न हाम्रो पार्टीोडदार अपिल गर्दछ।

मिति ः- २१ चैत्र २०६२

प्रचण्ड
अध्यक्ष
ने.क.पा. (माओवादी)