2006-04-02 - press release - CPN-M२०६२-१२-२० - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20149 अभिलेखालय सि. नं.: NCA-20149

प्रेस विज्ञप्ति

यही २०६२ चेत्र १८ गते दैलेख जिल्लाको नारायण नगरपालिकास्थित सरस्वती माविस्थित एसएलसी परीक्षा केन्द्रमा घटेको घटनासम्बन्धी हाम्रो क्षेत्रीय व्यूरोको धारणा स्पष्ट गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ।

१) दैलेख जिल्लाको सरस्वती माविस्थित एसएलसी परीक्षा केन्द्रमा भएको बम विस्फोट र त्यसबाट परिक्षार्थीहरुमा पुग्न गएको क्षतिले सिङ्गो शैक्षिक क्षेत्र र विद्यार्थीको भविष्यमाथि नै प्रश्न चिन्ह खडा गरेको कुरा हो। उक्त घटनाप्रति हाम्रो क्षेत्रीय व्यूरोको ध्यान गम्भीर रुपमा आर्कषिर्त भएको छ।

२) हाम्रो पार्टीे नेतृत्वमा चलिरहेको जनयुद्ध सम्पर्ूण्ा नेपाली जनता र राष्ट्रियताको पक्षमा र नेपाली जनताको प्रमुख दुश्मन सामन्तवाद र साम्राज्यवादको विरुद्ध परिलक्षित भएको कुराको वैचारिक, राजनीतिक र व्यावहारिक पुष्टि १० वर्षो जनयुद्धले गर्दै आइरहेको अकाट्य तस्विर विश्वसामु छ। जनताको मानव अधिकारको रक्षा, जनसरोकार, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रसम्बन्धी पार्टीे नीति हाम्रो पार्टीेडक्वार्टरबाट अध्यक्ष क. प्रचण्डले आफ्ना वक्तव्यहरुमार्फ् वारम्बार स्पष्ट गरिसक्नुभएको छ। त्यही निर्देशनप्रति प्रतिबद्ध हाम्रो क्षेत्रको हकमा शैक्षिक क्षेत्रमाथि आक्रमण गर्ने हाम्रो पार्टीे निर्ण्र्ाानभएको र दैलेखको सरस्वती मावि परीक्षा केन्द्रमाथि आक्रमण गर्ने हाम्रो क्षेत्रीय व्यरोको योजना समेत नभएको सर्न्दर्भमा बम विस्फोटनको घटना र त्यसबाट भएको क्षतिले हाम्रो पार्टीई अचम्मित र आक्रोशित तुल्याएको छ।

३) अर्काे कुरा केही वर्षेखि दैलेखमा नरभक्षी शाही सेनाद्वारा नेपाली जनताका विरुद्ध मच्चाउँदै आएको आम नरसंहार गुण्डागर्दी, भिजिलान्ते प्रयोग र सामन्ती निरंकुश सत्ताको षड्यन्त्रको पछिल्लो निकृष्ट र अमानवीय घटना हो कि भन्ने गम्भीर प्रश्न खडा भएको त्यहाँको पकृति, विद्यार्थीमा पुग्न गएको क्षति र जंगली शाही सेनामा कुनै प्रभाव नपर्नाले गरेको छ। शैक्षिक क्षेत्र र विद्यार्थीको जीवनमा खेलवाड गर्नेहरुमाथि हाम्रो पार्टीथा जनयुद्धलाई कुरुप बनाउने सामन्ती निरंकुशताविरुद्ध सात राजनीतिक दल र माओवादीद्वारा घोषित चैत्र २४-२७ गतेको निर्ण्ाायक आन्दोलनको विरुद्ध षड्यन्त्रको रुपमा घटाइएको दर्ुघटनाको सर्न्दर्भमा छानविन गर्ने र घटनाको सत्यतथ्य र्सार्वजनिक गर्ने जुनसुकै प्रकृति र स्तरको भए पनि दोषीमाथि कडा एवम् निर्मम कारवाही गरी छाड्ने प्रतिवद्धता व्यक्त गर्दछौं। घटनामा घाइते भाइवहिनीहरु, उहाँहरुका आफन्तजन र सिङ्गो शैक्षिक जगत र शिक्षक तथा विद्यार्थी वर्ग समक्ष व्यक्त गर्दै साथै घाइते विद्यार्थी भाइवहिनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं। छानविनका निम्ति सहयोगका लागि मानवअधिकारवादी, पत्रकार, नागरिक समाज तथा जनसमुदायलाई हार्दिक आग्रह गर्दछौं।

क्रान्तिकारी अभिवादनसहित

२० चैत्र, २०६२ साल

प्रकाण्ड
इञ्चार्ज
भेरी-कर्ण्ााली क्षेत्रीय व्यूरो
नेकपा (माओवादी)