2006-03-25 - press release - NHRC२०६२-१२-१२ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20142 अभिलेखालय सि. नं.: NCA-20142

मिति: 2006-03-25
आयोग खेद व्यक्त गर्दछ, २०६२ चैत १२

१२ चैत २०६२ - चैत ११ गते साझ जनकपुर नगरपालिकामा चलाइएको गोलीवाट राष्ट्रिय मानव अधिकार आयोगको हालै स्थापित सर्म्पर्क कार्यालयका कर्मचारी दयाराम परियार गम्भीर रुपमा घाइते हुनु भएकोमा आयोग मर्माहत भएको छ।

मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनमा निष्पक्ष रही निर्भीक रुपमा लाग्दै आइरहेको कर्मचारी उपर यसरी बर्बर रुपमा आक्रमण भएकोमा आयोग भर्त्सना गर्दछ।

यस किसिमको घटनालाई कायरतापूण, विवेकहीन र खेदजनक मान्दै आयोगले आफ्नो अनुसन्धान सुरू गरिसकेको छ। आयोगका ३ अधिकृतहरुवाट अनुसन्धान कार्य भैरहेको छ।

ध्रुव नेपाल

निमित्त सचिव