2006-03-20 - press release - CPN-M२०६२-१२-०७ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20134 अभिलेखालय सि. नं.: NCA-20134

प्रेस्-वक्तव्य

१. देशमा लोकतन्त्र, शान्ति र अग्रगमनको निम्ति नेकपा (माओवादी) र सात राजनीतिक दलहरूबीच गत मंसीर ७ गते सम्पन्न ऐतिहासिक १२-वुँदे समझदारीप्रति दृढ प्रतिवद्धता व्यक्त गर्दै त्यसलाई अझ ठोस र विकसित गर्दै लैजान तथा सामन्ती राजतन्त्र विरोधी संयुक्त आन्दोलनलाई तीव्रता दिन यही चैत्र ६ गते जारी दोश्रो समझदारीको विशिष्ठ राजनीतिक महत्व रहेको र्सवविदितै छ। यी दुवै समझदारीबाट अघि वढ्दै देशमा निरंकुश राजतन्त्रविरोधी साझा नारा, साझा मोर्चा र साझा कार्यक्रम तय गरेर देशव्यापी लोकतान्त्रिक आन्दोलनको आँधीवेहरी सिर्जना गर्न र निर्ःशर्त संविधानसभाको निर्वाचन मार्फ् लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने कार्यभार पूरा गर्न हामी सवै लोकतान्त्रिक राजनीतिक शक्तिहरूलाई पुनः जोडदार आग्रह गर्दछौं।

२. हाल देशमा चलिरहेको निरंकुश शाही सत्ता विरोधी आन्दोलनका सवै धारहरूलाई एकीकृत र केन्द्रीकृत गरेर शाही सत्तामाथि निर्ण्ाायक प्रहार गर्नु आजको ऐतिहासिक आवश्यकता हो। त्यही आवश्यकतालाई मध्यनजर गर्दै ने.क.पा. (माओवादी) र सात राजनीतिक दलहरूवीच समझदारी र सहमति भए वमोजिम सात दलद्वारा घोषित यही चैत्र २४ देखि २७ गते सम्मको देशव्यापी आम हड्ताल, असहयोग आन्दोलन र तथा काठमाडौंकेन्द्रित वृहद् जनपर््रदर्शनहरूलाई हामी पर्ूण्ा रुपले सहयोग र र्समर्थन गर्ने घोषणार् गर्दछौं। २०४६ सालको जनआन्दोलनमा राजतन्त्रविरोधी जनव्रि्रोहको उत्कर्षो दिन चैत्र २४ गते र वहुदलीय व्यवस्था घोषणा गरिएको चैत्र २६ गतेका ऐतिहासिक दिनहरूलाई संयोजन गरेर राखिएको यो संयुक्त जनआन्दोलनको कार्यक्रमको विशिष्ठ ऐतिहासिक महत्व रहेको स्वतः स्पष्ट छ। त्यसैले यी संर्घष्ाका कार्यक्रमहरूमा सक्रिय रुपले सहभागी वनेर र हरतरहले साथ दिएर सहयोगर् गर्न हामी सम्पर्ूण्ा देशभक्त तथा लोकतान्त्रिक राजनीतिक शक्तिहरू, जनवर्गीय संगठनहरू, जातीय तथा क्षेत्रीय मोर्चाहरू, पेशागत संगठनहरू, संचारकर्मीहरू, नागरिक समाज र आम जनसमुदायमा हार्दिक अपीलर् गर्दछौं।

३. उपरोक्त देशव्यापी आम हड्ताल, असहयोग आन्दोलन र जनपर््रदर्शनको कार्यक्रमको तयारीलाई ध्यान दिंदै तथा सात राजनीतिक दलहरू, नागरिक समाज, विविध पेशागत संगठनहरू र आम जनसमुदायको आग्रहको समेत उच्च कदर गर्दै हाम्रो तर्फाट चैत्र १ गते देखि जारी नाकावन्दी र चक्काजामको कार्यक्रम यही चैत्र ७ गतेदेखि लागू हुने गरी फिर्ता लिएको तथा हाम्रो तर्फाट घोषित अन्य सवै संर्घष्ाका कार्यक्रमहरू पनि फिर्ता लिने निर्ण्र्ााभएको र्सार्वजनिक जानकारी गराउँदछौं। भविष्यमा आवश्यकता अनुसार हाम्रो तर्फाट थप संर्घष्ाका कार्यक्रमहरू घोषणा हुन सक्ने जानकारी गराउँदै अहिलेसम्मको नाकावन्दी र चक्काजाम कार्यक्रम पर्ूण्ा रुपले सफल पारेर शाही सत्तामाथि चोटिलो प्रहार गर्न योगदानर् गर्नुहुने सवैलाई हामी हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछौं।

२०६२ चैत्र ६

(बाबुराम भट्टर्राई)
संयोजक
वृहद राष्ट्रिय राजनीतिक सम्मेलन आयोजक समिति
संयुक्त क्रान्तिकारी जनपरिषद ् , नेपाल

(प्रचण्ड)
अध्यक्ष
ने.क.पा. (माओवादी)
तथा सर्वोच्च कमाण्डर, जनमुक्ति सेना नेपाल