2006-03-16 - press release - NHRC२०६२-१२-०३ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20126 अभिलेखालय सि. नं.: NCA-20126

मिति: 2006-03-16
आयोगको पदाधीकारीको टोलीले शर्ीष्ा नेताहरूसीत भेट, २०६२ चैत ३

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष नयनबहादुर खत्री, सदस्यहरू सुशीला सिंह सिलु, सुदीप पाठक, गोकुल पोख्रेल र डा. रामदयाल राकेशसहित अधिकृत कर्मचारीहरू सम्मिलित टोलीले स्थानहदमा राखिनुभएका ने.क.पा -एमाले) महासचिव माधवकुमार नेपाल तथा थुनामा राखिनुभएका नेपाली काङग्रेसका महामन्त्री रामचन्द्र पौडेल र नेता नरहरि आचार्यसँग आज भेटी उहाँहरूको अवस्थावारे जानकारी लियो।

ने.क.पा -एमाले) का महासचिव नेपाल तथा राजनीतिक दलका नेताहरूलाई पर्याप्त आधार र कारण विना स्वेच्छाचारी रूपमा स्थानहद तथा नजरबन्दमा राख्न नमिल्ने भनी थुनाबाट मुक्त गर्न आयोगले २०६२ फागुन १० गते श्री ५ को सरकारलाई सिफारिस गरेको थियो। हालको अनुगमनबाट आयोगले सिफारिस गरेबमोजिम नागरिकको मानव अधिकार संरक्षणतर्फसरकार गम्भीर भएको पाइएन। ने.क.पा. -एमाले) का महासचिव नेपाललाई स्थानहद र राजनीतिक दलका नेता तथा नागरिक समाजका व्यक्तिहरूलाई थुनामा राखिरहनु उचित भन्न सकिने कुनै अवस्था देखिएन।

आयोग पुन ः श्री ५ को सरकारलाई नेपाल अधिराज्यको संविधान र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अन्तर्रर्ााट्रय अनुबन्धद्वारा प्रत्याभूत अधिकारहरूको सम्मान गर्दै स्थानहद गरिनुभएका नेता एवम् नागरिक समाजका व्यक्तित्वहरुलाई तत्काल थुनामुक्त गरी प्रजातान्त्रिक एवम् कानुनी शासनको अनुभूति गराउन श्री ५ को सरकारलाई सचेत गराउँछ।

ध्रुव नेपाल
निमित्त सचिव