2006-03-07 - press release - NHRC२०६२-११-२३ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20121 अभिलेखालय सि. नं.: NCA-20121

मिति: 2006-03-07
आयोग र वेपत्ता पारिएका नागरिकका परिवार समाजबीच सहमति, २०६२ फागुन २३

वेपत्ता पारिएका नागरिकका परिवार समाजले यही फागुन २१ गते आयोगमा पेश गरेका मागहरूका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगले भोलि (फागुन २४ गते ) देखि नै कार्य शुरू गर्ने सहमति भएको छ।

आयोगका सदस्य सुदीप पाठक, आयोगका कर्मचारी, नागरिक समाजका प्रतिनिधि र वेपत्ता पारिएका परिवारका समाज समेतको रोहवरमा यो सहमति भएको हो।
आज भएको सहमति अनुसार समाजका तर्फबाट टिनम राई र श्रीमती दूगा के.सी. रहने र आयोगका तर्फाट सदस्य सुदीप पाठकको संयोजकत्वमा अन्य दुइ जना समेत थप गरी कार्यदल गठन गरिने र मानव अधिकार आयोग ऐन २०५३ बमोजिम तदारूकताका साथ कार्य गर्ने र आयोगले समाजको तर्फबाट राखेका मागप्रति देखाएको प्रतिबद्धताप्रति सकारात्मक हुँदैं शीघ्र कार्यान्वयन गर्ने अपेक्षा गर्दै समाजका तर्फाट संयोजक कृष्ण राई र सहसंयोजक भीमबहादुर बस्नेतले सो सहमतिमा हस्ताक्षर गर्नुभएको छ। सो सहमतिमा आयोगका तर्फबाट सदस्य सुदीप पाठकले हस्ताक्षर गर्नुभएको छ।

सो समाजले यही फागुन २१ गते आयोगमा दर्ता गराएका मागहरू निम्नानुसार छन :