2006-03-04 - press release - INSEC२०६२-११-२० - प्रेस विज्ञप्ति - इन्सेक

Archive ref no: NCA-20116 अभिलेखालय सि. नं.: NCA-20116

प्रेस विज्ञप्ति

०६२ फागुन २० गते

प्रेस विज्ञप्ति

दलितमाथि ललितपुरमा गरिएको ज्यादतिको निन्दा

ललितपुर जिल्लाको बुङ्मती गाविस-८ को चुनिखेलस्थित सार्वजनिक धारो स्थानीय दलित समसुदायलाई प्रयोग गर्नबाट बञ्चित गरिएको विरुद्धमा ०६२ फागुन २० गते सो स्थानमा भेला भएका दलित तथा अधिकारकर्मीहरूलाई केही स्थानीय कथित उपल्ला जातिका व्यक्तिहरूले कुटपिट गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षा भएको छ।

सार्वजनिक धारो दलित समुदायले समान रुपले प्रयोग गर्न पाउनु पर्ने माग गरिरहेका दलित कार्यकर्ता दिनेश परियार, नरेन्द्रराज विश्वकर्मा र स्थानीय दलित नानीमैयाँ नेपाली र शोभा नेपालीलाई स्थानीय मिलन के.सी., बालमुकुन्द विष्ट, दिलीप विष्ट र सुमन विष्टको नेतृत्वमा आएका व्यक्तिहरूले कुटपिट गरी घाइते पारेर मानवीय मर्यादालाई गम्भीर चुनौति दिएका छन्।

यस घटनाले मानव अधिकारको विश्वव्यापी घोषणापत्र, सबै प्रकारका जातीय भेदभाव विरुद्धको महासन्धि १९६४ र नेपाल अधिराज्यको संविधान ०४७ ले व्यवस्था गरेको समानताको हकको घोर उल्लंघन भएको छ। दलित समुदायमाथि गरिएको यस प्रकारको जातीय ज्यादतिको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कडा शब्दमा निन्दा गर्दे घटनाको निष्पक्ष छानविन गरी दोषीमाथि कडा कारवाहीको माग गर्दछ।

सुबोधराज प्याकुरेल
अध्यक्ष