2006-03-03 - press release - NHRC२०६२-११-१९ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20114 अभिलेखालय सि. नं.: NCA-20114

मिति: 2006-03-03
बेपत्ता पारिएका भनिएका नागरिकका विषयमा जारी प्रेस विज्ञप्ति, २०६२ फागुन १९

आज मिति २०६२ साल फागुन महिनाको १८ र १९ गते राज्यद्वारा बेपत्ता पारिएका नागरिकका परिवार समाजका प्रतिनिधिहरुले मानव अधिकार आयोगका अध्यक्ष तथा सदस्यहरुसंग भेटघाट गरी बेपत्ता पारिएका भनिएका ब्यक्तिहरुका विषयमा जानकारी गरायो। सो अवसरमा आयोगका अध्यक्ष नयनबहादुर खत्रीले बेपत्ता पारिएका परिवारका सदस्यहरु समक्ष बेपत्ता पारिएका व्यक्तिहरुबाट आयोगमा प्राप्त उजुरी माथि कार्वाही गर्न आयोग तदारुकताका साथ लागिपरेको र आगामी दिनमा पनि अझ बढी प्रभावकारी ढङ्गले लाग्ने कुरा जानकारी गराउनुभएको थियो।

आयोग श्री ५ को सरकारका सम्बद्ध निकायलाई बेपत्ता पारिएका उजुरीहरु उपर यथाशक्य चाँडै नाम र्सार्वजनिक गर्न र मानव अधिकारको मूल्य र मान्यतालाई सम्मान गर्नसमेत पुनः आग्रह गर्दछ। साथै आजसम्म आयोगमा उजुरी परेका र र्सार्वजनिक हुन बाँकी रहेका व्यक्तिको नामावली यथाशक्य छिटो प्रकाशित गर्ने, आयोगद्वारा एक कार्यसमूह गठन गरिने र त्यसमा आयोगका तर्फाट तीन जना र पीडितहरुका तर्फाट दर्ुइजना प्रतिनिधि समेत समावेश गनर्ेर्ेेहमती भएको छ।

यसै विषयमा आयोगले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई समेत एक पत्र लेखी बेपत्ता पारिएका भनिएका ७७५ जना व्यक्तिहरुको यथाशीघ्र अवस्था र्सार्वजनिक गर्न अनुरोध गरेको छ।

ध्रुव नेपाल

निमित्त सचिव