2006-03-03 - press release - CPN-M२०६२-११-१९ - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20115 अभिलेखालय सि. नं.: NCA-20115

तीनगिरे कार्वाहीको प्रेस विज्ञप्ति

जनमुक्ति सेनाको एकपछि अर्काे आक्रमणमा पराजित हुँदै गएको शाही रक्षक रुपन्देही, पाल्पा, अर्घर्ााँची, गुल्मीबाट केन्द्रीय फोर्ससहित घेराबन्दी गर्न आएपछि त्यस क्षेत्रमा थप भिडन्तहरु भएका छन्। त्यसको प्रारम्भिक रिपोर्टका आधारमा स्थितिको जानकारी हाम्रो कार्यालयबाट भइसकेको छ। तीनगिरे आक्रमणमा जनसेनाले प्राप्त गरेको विजयलाई शाही सत्ताले झुठ्ठो प्रचारद्धारा ढाकछोप गर्ने प्रयत्न गरिरहेको छ। स्थलगत रिपोर्टको आधारमा तीनगिरे आक्रमणबारे जानकारी गराउन यो प्रेस विज्ञप्ति जारी गरिएको छ।

० हजारौंको संख्यामा चारैतिरबाट घेराबन्दी गर्न आएको शाही रक्षकसँग चौतर्फी भिडन्त गर्दै पश्चिम दिशाबाट आएको विशेष कमाण्डोलाई जनमुक्ति सेनाले आक्रमण गरी ३५ जनाको सफाया गरिदिएको छ, चार दर्जनभन्दा बढी घाइते भएका छन्। यस कार्वाहीबाट जीपीएमजी एकथान, मिनिमी जीपीएमजी एक थान, एम १६ छ थान, इन्सास नौ थान, एसएलआर आठ थान, टु इञ्च मोर्टर्ाादर्ुइ थान, ९० वटा झोला र सोमा भएको करिब ५० हजार थान गोलीका साथ ग्रिनेडहरु कब्जा भएको छ। सो मोर्चामा जनमुक्ति सेनातर्फबटालियन कमाण्डर क.मण्डपलगायत आठ जना र हवाइ आक्रमणमा परी तीन गरी जम्मा ११ जनाको शहादत भएको छ। अर्काे दिन नजिकै गाउँमा सुतिरहेको जनसेनाको नौ जनाको एक टुकडीलाई तीन वटा राइफल, एक सटगन र एक टुवेल्भरसहित शाही रक्षकहरुले जिउँदै कब्जामा लिएको र जिउँदै समातिएका योद्धाहरुको स्थिति हालसम्म अज्ञात रहेको छ।

० शान्ति र अग्रगमनका लागि गरिएको चार महिने युद्धविराम भङ्ग गर्न शाही सत्ताले बाध्य गरेपछि पश्चिम सैन्य कमाण्डअर्न्तर्गत महेन्द्र नगरदेखि पोखरासम्म एकीकृत र केन्द्रीकृत योजना र कमाण्डमा फासिवादी सत्ताविरुद्ध दर्जनौं आक्रमण गरी ढाडलाई भाँचिदिएको छ।

० जनमुक्ति सेनाले शाही सेनाका थुप्रै जवानलाई युद्धमै भिडन्तमै जिउँद छोप्ने र ससम्मान रिहा गर्ने गरेर जेनेभा महासन्धीको पालना गर्दै आएको छ। साथै शाही सेनाका जवानहरु जसले आफूलाई राष्ट्रका सेवक भन्न रुचाउँछन्, उनीहरु सिङ्गो राष्ट्रकै विरुद्ध के का लागि लड्दैछन् - ज्ञानेन्द्र शाहीले देश छोडेर भाग्नेबेला जवानहरुलाई देश चाहिने कुरा बुझेर, आफ्नै राष्ट्रका विरुद्ध साम्राज्यवादको आडमा भिडन्तमा जुटेको ज्ञानेन्द्र शाही र उसका जनरलहरुका आदेशका विरुद्ध र आन्दोलनको पक्षमा उभिन समेत हामी आग्रह गर्दछौं।

० जनमुक्ति सेनाका एकपछि अर्काे गुणात्मक आक्रमण र यहाँसम्म आइपुग्दा ज्ञानेन्द्र शाहीले पोखराबाट गरेको प्रत्यक्ष कमाण्डको चौतर्फी घेराबन्दीलाई चकनाचुर पार्दै वीरता, शौर्य र वलिदानीपर्ूण्ा गौरवमय परम्परालाई अझ माथि उठाउँदै जनमुक्ति सेनाले आफ्नो श्रेष्ठतालाई सावित गरेको छ।

० सात राजनीतिक दलहरुको आन्दोलनलाई अगाडि बढाउन जनमुक्ति सेनाले आफ्नो स्थानबाट महत्वपर्ूण्ा भूमिका निर्वाह गरेको छ। यदि जनमुक्ति सेना हुँदैन्थ्यो भने राजनीतिक पार्टी नेताहरु नयाँ दासढुङाको षड्यन्त्रमा पारिसक्ने थिए। जनताका हातमा भएका हतियारको विरोध हैन राजनैतिक दलहरुले आन्दोलनलाई उठाउन अब राजतन्त्रको समूल नष्टगरी गणतन्त्रको एक मात्र नाराका आधारमा अगाडि बढ्न १२ बुँदे सहमतिलाई नयाँ स्तरमा परिमार्जन गर्न आवश्यक छ।

० शाही जल्लादहरुले अन्धाधुन्ध हवाइ र पैदल आक्रमण जनताको जीउधनको क्षति गरिरहेको छ। यसको घोर भर्त्सना गर्दै जनताविरुद्ध आक्रमण गर्ने शाही जल्लादहरुलाई जनमुक्ति सेनाले जनअदालतको कठघरमा उभ्याउने छ। एकाध घटनामा आक्रमण गर्दा स्थान छनौट परेको त्रुटिहरु सच्चाउने पर्ने जनताको सुझावलाई हामीले गम्भीरतापर्ूवक लिएका छौं।

अन्त्यमा राजतन्त्रविरुद्धको अन्तिम मोर्चाबन्दी क्रममा शहादत प्राप्त गर्नुहुने सहयोद्धाहरुलाई महान् शहीद घोषणा गर्दछौं। शोक सन्तप्त संगठन, शोकाकुल सहयोद्धाहरु र परिवारमा हार्दिक समवेदना व्यक्त गर्दै नेपाली जनताको मुक्ति नभएसम्म सम्झौताहिन संर्घष्ामा लडिरहने प्रतिबद्धता जाहेर गर्दछौं। सम्पर्ूण्ा घाइते कमरेडहरुको शीघ्र स्वास्थलाभको कामना गर्दछौं।

मिति २०६२ फागुन १९

प्रभाकर
डेपुटी कमाण्डर
जनमुक्ति सेना, नेपाल

-->]