2006-03-02 - press release - NHRC२०६२-११-१८ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20112 अभिलेखालय सि. नं.: NCA-20112

मिति: 2006-03-02
तत्काल रिहाइ गर्न आग्रह, २०६२ फागुन १८

ललितपुर, फागुन १८, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगमा नवलपरासी जिल्ला सुनवल गा. वि. स. निवासी प्रकाश गौतम आफ्नो व्यावसायिक कामको सिलसिलामा लमहीवाट दाङ्ग तर्फजाँदै गर्दा वहाँलाई यही फागुन ८ गते विहान करिब ९:३० बजे एक अज्ञात समुहले अपहरण गरेको भन्ने घटनाका सम्वन्धमा आयोगमा आज दर्ता भएको उजुरीप्रति र त्यस्तै, आजै आयोगमा दर्ता भएको अछाम जिल्ला चण्डीका गा. वि. स. - ३ निवासी नेपाली काङ्ग्रेस (प्रजातान्त्रिक) जिल्ला कार्य समिति अछामका सदस्य ललित बहादुर कुँवरलाई फागुन १४ गते उक्त गा. वि. स. को गैरागाउँ भन्ने ठाउँवाट ने. क. पा. (माओवादी) ले आफ्नो कब्जामा लिएको भन्ने यी दुवै घटनाहरूप्रति आयोगको ध्यानाकर्षा भएको छ।

आयोग ने. क. पा. (माओवादी) र अज्ञात पक्ष या जो कोहीले अपहरण गरेपनि सम्वन्धित पक्षलाई मानव अधिकारको न्यूनतम शर्तलाई उल्लङ्घन नगर्न र अपहरित व्यक्तिहरूको विना शर्त तत्काल रिहाइ गर्न एवं नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न र जीवनयापन गर्न पाउने अधिकारको सम्मान गर्न आग्रह गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव