2006-02-16 - press release - NHRC२०६२-११-०४ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20093 अभिलेखालय सि. नं.: NCA-20093

मिति: 2006-02-16
अ.ने.ट्रे.यू. को कब्जामा रहेका तीन व्यक्तिहरूसँग आयोग टोलीद्वारा भेट, २०६२ फागुन ४

अखिल नेपाल ट्रेड यूनियनको कब्जामा रहेका तीन व्यक्तिहरूसँग आयोग टोलीद्वारा भेट

ने.क.पा - माओवादी ) निकट अखिल नेपाल ट्रेड यूनियन महासंघले यही माघ २१ गते कब्जामा लिएका र्सर्ूय नेपाल प्राइभेट लिमिटेडमा कार्यरत प्रभाकर शाह, डम्वरमणि लिम्बू र र्सवजीत रानालाई आयोगको अधिकृतहरूको टोलीले भेट गरेको छ। आयोग टोलीका अनुसार उहाँहरू तीनै जना सकुशल हुनुहुन्छ। महासंघको कब्जामा रहेका तीनै जनाको सकुशल रिहाईका लागि पहल गरिरहेको आयोग टोलीकै रोहवरमा तीनै जनाले आफनो घरपरिवारसँग टेलिफोनमा कुराकानी समेत गर्नुभएको छ। युद्धमा कुनै पनि किसिमले संलग्न नरहेका तीनै जना व्यक्तिहरूलाई उक्त महासंघले सकुशल विना शर्त चाडैं रिहा गर्ने आयोग आफनो अपेक्षा पुनः उल्लेख गर्दछ। आयोगको अर्को एक टोलीले उहाँहरूको घर परिवारमा पुगी घर परिवारको अवस्थाबारे समेत जानकारी लिएको थियो।

वेपत्ता पारिएका भनिएका दुइ व्यक्तिसँग आयोग टोलीद्वारा भेट

राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षाकर्मीद्वारा पक्राउ गरी वेपत्ता पारिएका भनिएका दुइ जनाको स्थितिका बारेमा जानकारी हासिल गर्नुका साथै दुवै जनासँग भेट समेत गरेको छ।

सुरक्षाकर्मीद्वारा पक्राउ गरी वेपत्ता पारिएका भनिएका थामी मुक्ति मोर्चाका महासचिव रवि थामी भन्ने डम्बर थामीलाई आयोगको अनुगमन टोलीले आज कारागार शाखा काभ्रेपलाञ्चोकमा भेट गरेको हो। त्यसैगरी वेपत्ता पारिएको भनिएकी पार्वती थापालाई आयोग टोलीले वडा प्रहरी कार्यालय वानेश्वरमा भेट गरेको थियो। यी दुवै जनालाई सुरक्षाकर्मीले पक्राउपश्चात वेपत्ता पारेको भनी आयोगमा छुट्टाछुट्टै उजुरी प्राप्त भएको थियो।

महेन्द्र राजमार्ग खुलाउन आव्हान

विगत केही दिनदेखि महेन्द्र राजमार्गको वुटवलदेखि पश्चिमतर्फो सडकमा सुचारू रूपमा यातायात सञ्चालन हुन अवरोध खडा गरिएको भन्ने सम्बन्धमा आयोगको ध्यानाकर्षा भएको छ। आयोग र्सवसाधारणको स्वतन्त्रतापर्ूवक आवत जावत गर्ने अधिकारलाई ख्याल राखी अवरोध पुर्‍याएको सडक खुलाई आम नागरिकको स्वतन्त्रतापर्ूवक आवत जावत गर्ने अधिकारको सम्मान गर्न सम्बन्धित पक्षहरूलाई आव्हान गर्दछ।

विमलबाबु खत्री

सञ्चार अधिकृत