2006-02-12 - press release - CPN-M२०६२-१०-३० - प्रेस विज्ञप्ति - नेकपा-मा

Archive ref no: NCA-20085 अभिलेखालय सि. नं.: NCA-20085

जनमुक्ति सेना, नेपाल
तेस्रो डिभिजन

प्रेस वक्तव्य

ज्ञानेन्द्र शाहीको निरंकुश सत्ता सुदृढ गर्ने कथित नगरपालिकाको निर्वाचनलाई ध्वंश गर्ने प्रक्रियामा र नेपाल बन्दको सर्न्दर्भमा काभ्रेको पनौती, धुनिखेल, बनेपा, एवम् मकवानपुरको हेटौडा र काठमाडौंमा एकैसाथ आक्रमण गरिएको छ। जनमुक्ति सेनाको तेस्रो डिभिजनका विभिन्न टुकडीहरुको कमाण्डमा स्थानीय पार्टी जनताको सहभागिता रहेको यी कार्वाहीमा काभ्रेको पनौती, धुलिखेल, बनेपा, हेटौंडा र काठमाडौंमा विभिन्न कार्यालय ध्वंश भएका छन्। पनौती नगरपालिकामा गरिएको कार्वाहीमा नगरपालिका भवनको सुरक्षार्थ खटिएका १८ जना ज्ञानेन्द्र शाहीका कथित सुरक्षाफौजको सफाया भएको छ र भवन पर्ूण्ारुपमा ध्वस्त भएको छ। यसरी नै 'ब्लकिङ' तथा 'डिस्ट्रोय' को कार्वाही गरिएको पनौती ब्यारेक, धुलिखेल, बनेपामा पनि दर्जनौं शाही आतंककारी सेनाहरुको मृत्यु तथा घाइते भएका छन्।

पनौती नगरपालिकाको कार्वाहीमा ओखलढुङा-रातामाटे घर भएका शिव राउतले एक नाल इन्सास राइफलसहित आत्मर्समर्पण गरेका छन् र हाल उनी जनमुक्ति सेनाको नियन्त्रणमा सकुशल रहेको पनि यसै वक्तव्यमार्फ् जानकारी गराउँदछौं।

यसैगरी हेटौंडाको भीषण आक्रमणमा परी दर्जनौं शाही आतंककारी सेनाहरुको मृत्यु भएको छ भने सोही संख्यामा घाइते भएका छन्। यी सम्पर्ूण्ा कार्वाहीहरुमा जनमुक्ति सेनातर्फचार जना वीर योद्धाहरुले उच्च शहादत प्राप्त गर्नुभएको छ। जनमुक्ति सेनाको तेस्रो डिभिजन ती चार जना वीर योद्धाहरुलाई महान् शहीद घोषणा गर्दै भावपर्ूण्ा श्रद्धाञ्जलि अर्पणर् गर्दछ। साथै शहीदका परिवारजन र सहयोद्धा कमरेडहरुमा हार्दिक समवेदना प्रकट गर्न चाहन्छ।

अन्त्यमा ठूला शहरहरुमाथि आक्रमण गर्ने, शहरी लर्डाईं गर्ने र जनव्रि्रोहको तयारीको उद्देश्य राखेर गरिएका यी सबै कार्वाहीहरु पर्ूण्ा रुपमा सफल भएका छन्। यी महत्वपर्ूण्ा कार्वाहीहरुमा सहभागी भएर महत्वपर्ूण्ा भूमिका निर्वाहर् गर्नुहुने जनमुक्ति सेनाका कमिसार, कमाण्डर, योद्धाहरु तथा स्थानीय पार्टी जनतालाई हाम्रो डिभिजन हार्दिक बधाइ प्रकट गर्दछ।

मिति ः- २५ माघ २०६२

विविध
कमाण्डर
तेस्रो डिभिजन
जनमुक्ति सेना, नेपाल

अनन्त
कमिसार
तेस्रो डिभिजन
जनमुक्ति सेना, नेपाल