2006-02-10 - press release - NHRC२०६२-१०-२८ - प्रेस विज्ञप्ति - रामाअआ

Archive ref no: NCA-20082 अभिलेखालय सि. नं.: NCA-20082

मिति: 2006-02-10
सुरक्षाकर्मीहरूलाई रिहाइ गर्न आग्रह, धनकुटा आक्रमण र आयोगमा उजूरी, २०६२ माघ २८

सुरक्षाकर्मीहरूलाई रिहाइ गर्न आग्रह

नवलपरासीको रमुवापुर भन्ने स्थानमा हिजो (माघ २७ गते) भएको घटनामा शाही नेपाली सेनाका २१, सशस्त्र प्रहरीका ६ र नेपाल प्रहरीका एक जना गरी २८ जना सुरक्षाकर्मीहरूलाई ने.क.पा (माओवादी) ले आफनो कब्जामा लिएको भन्ने आयोगमा प्रारम्भिक जानकारी प्राप्त भएको छ।

आफनो कब्जामा रहेका सुरक्षाकर्मीहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानून बमोजिम व्यवहार गर्न र सकुसल विना शर्त तत्काल रिहा गर्न आयोग ने.क.पा (माओवादी) लाई आव्हान गर्दछ।

विमलबाबु खत्री

सञ्चार अधिकृत

धनकुटा आक्रमण

मोरङ्ग ,विराटनगर - २८ माघ, २०६२), मिति २०६२ माघ २५ गते धनकुटा आक्रमण घटनाको अनुगमन तथा अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोग, क्षेत्रीय कार्यालय,विराटनगरबाट संरक्षण अधिकृतहरुको एक टोली आज धनकुटा पुगेको छ। सो घटनापश्चात् ने.क.पा.(माओवादी)ले आफनो कब्जामा लिएका सम्पूर्ण व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानूनको अनुपालन गर्दे सो बमोजिम व्यवहार गर्न आयोग पुनः आग्रह गर्दछ। साथै कब्जामा रहेका सम्पूर्ण व्यक्तिहरुको रिहाइका लागि आवश्यक पहल भैरहेको र पछिल्लो पटक हामीसंगको सर्म्पर्कमा निजहरुलाई विनार्सत सकुशल रिहा गरिने जानकारी प्राप्त हुन आएकोले सो कार्यतर्फ आयोगको विशेष पहल भैरहेको छ।

प्रदीप कुमार झा

नि.क्षेत्रीय निर्देशक

आयोगमा उजूरी

ललितपुर, माघ २८, २०६२ - राष्ट्रिय मानव अधिकार आयोगमा यो साता प्राप्त भएका विभिन्न उजुरीहरूउपर राष्ट्रिय मानव अधिकार आयोगको ध्यानाकर्षा भएको छ।

आयोगमा प्राप्त उजुरी अनुसार ने.क.पा (माओवादी) ले काभ्रेपलाञ्चोक जिल्ला सिपाली चिलाउने गाविस वडा नं. ४ निवासी एकबहादुर शाहको परिवारलाई काभ्रे जिविस सभापति यदुमान शाहलाई राजीनामा गराइ माओवादीसमक्ष उपस्थित गराउनु भन्ने दबाब दिई यही माघ २० गतेबाट घर तालाबन्दी गरेका छन। यसले गर्दा सो परिवारका ६ जना सदस्यहरू विस्थापित हुनुपरेको छ।

सोही जिल्लाको सीपाली गाविस वडा नं. ४, सिंहाले निवासी कुमार शाहको परिवारलाई काभ्रे जिविस सदस्य पशुपतिकुमार शाहलाई राजीनामा गर्राई माओवादी समक्ष उपस्थित गराए पछिमात्र ताला खोल्ने भनी ने.क.पा (माओवादी)ले नै माघ २० गते घरमा तालाबन्दी गरेका छन। यसले गर्दा सो परिवारका १३ जना सदस्यहरु विस्थापित भएका छन।

त्यसैगरी भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ८ स्थायी घर भै धुकुछु कन्स्ट्रक्सन प्रा. लि. को तर्फाट धनुषा जिल्ला जनकपुर नगरपालिकास्थित के.एस.एच. उच्च माध्यमिक विद्यालयको निर्माण कार्यमा संलग्न रहेको अवस्थामा केशव त्वानावासुलाई नेकपा (माओवादी) को एक समूहले कब्जामा लिई गएको भन्ने उजुरी पनि आयोगमा प्राप्त भएको छ।

आयोग ने.क.पा (माओवादी) लाई जेनेभा महासन्धी १९४९ को साझा धारा ३ को युद्धमा असंलग्न ब्यक्तिहरुको स्वतन्त्रपूर्वक बसोबास गर्न पाउने अधिकारको सम्मान गर्न र ब्यक्ति तथा परिवारलाई विस्थापित गराउने, घरमा तालाबन्दी गर्ने जस्ता अमानवीय क्रियाकलापहरु तुरुन्त रोक्न साथै कब्जामा रहेका व्यक्तिहरूलाई विना शर्त तत्काल मुक्त गर्न आव्हान गर्दछ। ने.क.पा (माओवादी) को नेत्तृत्व तहबाट मानव अधिकारप्रति जारी र्सार्वजनिक प्रतिबद्धतालाई ख्याल राखी यस खालका कार्य नदोहोर्‍उन समेत आयोग माओवादीलाई आग्रह गर्दछ।

ध्रुव नेपाल

निमित्त सचिव